आदरणीय,बर्दिबास नगरबासी आमा,बुवा,दाजु भाई तथा दिदीबहिनीहरु नमस्कार |
मकिन ? मतकिन ?



मेरो स्वतन्त्रमा उम्मेदवारी मेरो मात्र होइन जनताको उम्मेदवारी हो ,बर्दिबास नगरबासीको जिम्मेवारी हो |तपाइको माया र विश्वास पाएकाले यस पटक मत मेरा लागि मात्र नभएर बर्दिबास नगर विकासका लागि हो | मैले सेवा गर्ने धुनमा राजनीति कहिले सिकिन,जनतालाइ झुठा आश्वासन र बैमनिको अन्धकारमा राखेर काम भन्दा कुरा धेरै गर्ने सोच राखेको भए मसंग धेरै विकल्प रहन्थे होला |यस नगरमा मैले पक्ष र विपक्ष भनेर कहिल्यै व्यवहार गरिन | तपाइको समय,सहकार्य,सहयोगका लागि दिन रात नभनी सेवामा अनबरत रही रहेको मुल्यांकन हजुरहरु माझ सर्वाबितितै छ|
यस क्षेत्रमा मालपोत कार्यालय ,नापी कार्यालय,रेडक्रस भवन निर्मण,बर्दिबासउद्योगवाणिज्यसंघभवननिर्माणमापहलमठ मन्दिर निर्माणका लागि भौतिक सहयोग,नगरभित्रका बाटो विस्तार तथा निर्माण,शिक्षा,स्वास्थ्य,अन्य विकास र विपतकका समयमा तपाईहरु लाइ व्यक्तिगत रुपमा साथ दिन पाएकोमा आफुलाई धन्य ठानेको छु|अब भन्नुस के एक मत मेरा लागि मात्र हो त ?तपाइको अमुल्य मत पाई निर्वाचित भए नगर बाट पाउने सेवा सुबिधा समेत नलिने अठोट समेत गर्दै हिजोको समयमा कसले कति योगदान पुर्याए त्यो तपाईहरुको सामुमा छर्लङ्ग छ |
हामी कसैलाई गालि गर्न पनि आएका होइनौ ,बर्दिबास नगर बिकासका लागि तपाई हामीले देखेको एउटा समृद्ध बर्दिबास नगर बिकासको सपना छ , ति सपना पुरा गर्नका लागि अब थप समय खेर फाल्नु हुन्न |यस नगरको ५ बर्ष तलका सोच र सपना पुरा गर्नका लागि |मेरो उम्मेदवारी बर्दिबास नगरवासीको सेवाको लागि |
दिगो विकास र परिवर्तन
शिक्षा :
१.बर्दिबास नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याइनेछ |सरकारी बिद्यालयप्रति आकर्षण बढाउन माध्यमिक शिक्षासम्म व्यवहारिक रुपमा पूर्ण नि:शुल्क गराईनेछ |शिक्षकको ज्ञान सिपको उच्चतम प्रयोग गर्दै दरबन्दी कम रहेका सामुदायिक बिद्यालयहरुको छनोट गरि नगर मार्फत शिक्षक व्यवस्थापन गरिनेछ | “एक वडा एक नमुनाबिद्यालय”नीति अबलम्बन गरि गुणस्तरीय शिक्षा का लागि” मेरो बिद्यालय, मेरो भबिष्य “योजना कार्यन्वयनमा ल्याइनेछ |
२. प्रत्येक संस्थागत विद्यालयको नगर मार्फत अडिटको व्यवस्था गरि शुल्क बमोजिमको सेवाका उपलब्ध गराउन बिद्यालय शुल्क निर्धारण गरिनेछ | दलित,बिपन्न,जेहन्दार बिधार्थीहरुका लागि तोकिएको छात्रवृति पूर्ण रुपमा लागु गरिनेछ साथै प्रत्येक वडामा उच्च शिक्षाका लागि नगर छात्रवृति कोष खडा गरिनेछ |
३.शिक्षालाइ रोजगार संग जोड्न तथा सीपयुक्त जनशक्ति उत्पादन गर्न नगर मार्फत एक सिप बिद्यालय संचालन गरिनेछ जहाँ सवारी मर्मत,विधुतीय उपकरण मर्मत ,सिलाई बुनाई,बियुटी पार्लर ,पाक शिक्षा ,हस्तकला,शिल्पकला लगायत तालिम नि:शुल्क संचालन गरिनेछ |
४.प्रत्येक बिद्यालयमा बिद्यालय समयमा सिकाई क्षमता कमजोर भै सिक्न कठिनाइ भएका बिधार्थीहरु छनोट गरि बिद्यालय समय भन्दा बाहिर थप उपचारात्मक कक्षा संचालन गरिनेछ |
५. बिद्यालय बाहिर रहेका सिकारु तथा अन्य निरक्षर व्यक्तिहरुलाइ खुल्ला / दुर शिक्षा तथा शिक्षाको अन्य डिजिटल र बैकल्पिक माध्यम बाट समेटी प्रथम बर्समा नै बर्दिबासलाइ ” साक्षर नगर पालिका” धोषणा गरिनेछ |
६.माध्यामिकतहसम्मसंञ्चालितविद्यालयहरुलाईविज्ञानतथाप्रविधिमैत्रि,अपाङ्गमैत्रीबनाईनेछ।
स्वास्थ्य :
१.बर्दिबास नगर भित्र अत्याधुनिक परिक्षण ल्याब तथा बिज्ञ चिकित्सक सहितको सुबिधा सम्पन्न असपतालका लागि बर्दिबास अस्पतालको स्तरउन्नति गरिनेछ साथै सम्पूर्ण वडाका वडाका स्वास्थ्य संस्थाको सेवामा जनमुखी बनाई सुधार ल्याइनेछ | निजि स्वास्थ्य संस्थालाई नगरको मापदण्ड भित्र राखिनेछ |
२.”तपाइको स्वास्थ्य नगरको जिम्मेवारी कार्यक्रम “ मार्फत सम्पूर्ण नगरबासी परिवारहरुको स्वास्थ्य बिमा नगर मार्फत निशुल्क गरिनेछ |जेष्ठ नागरिक,गर्वाबती महिला,तथा ५ बर्ष मुनिका बालबालिकाहरुको धरमा नै गएर निशुल्क स्वास्थ्य परिक्षण सेवा संचालन गरिनेछ |
३.स्वास्थ्य सेवामा सबैको पहुच विस्तार गरिनेछ,स्वास्थ्य सेवामा कार्यरत नर्स तथा महिला स्वास्थ्य स्वयमसेवीकाहरुका लागि नगर मार्फत थप प्रोत्सहान भत्ता उपलब्ध गराइनेछ |
विकास तथा पर्यटन
१.सम्भव्यता अध्ययन गरि बर्दिबास नगर भित पाएक पर्ने दुइ स्थानमा पर्यटकीय स्थल निर्माण गरिनेछ मधेस प्रदेशको प्रमुख सहरको रुपमा बर्दिबासलाइ सफा,सामुदायिक एकता तथा समुन्नत पर्यटकीय सहरको रुपमा विकास गरिनेछ |
२.बर्दिबासमा व्यवस्थित बसपार्कको सपना पुरा गरिनेछ,विधुतीय नगर बस संचालनमा ल्याइनेछ |
३.अव्यवस्थित ठेला तथा सडकमा गरिने व्यवसायलाई नगरले चलायमान स्टल निर्माण गरि नगर शौदर्य तथा व्यवस्थित बजारको परिकल्पना पुरा गरिनेछ |
४.नगरमा अव्यवस्थित रुपमा भैइरहेको बाटो ढलानलाइ निरुत्साहित गर्दै ढल निकाशी सहितको दिगो सडक निर्माण गरिनेछ |”हाम्रो रहर हरियो र सफा बर्दिबास नगर “नीति मार्फत सडक पेटीमा सडक बगैचा, सार्वजनिक स्थानमा साना साना भेटधाट पार्क,चिल्ड्रेन पार्क,सडक बत्ति र खाली जग्गमा रुख रोप्ने योजना कार्यन्वयनमा ल्याइनेछ |
५.खानेपानीको चरम आभावको समस्या भोगिरहेको यस क्षेत्रमा मुहान बाट सम्भब हुने स्थानमा मुहानबाट तथा मुहानको पानी वितरणको अवस्था सहज नहुने स्थानमा डिपबोरिंग मार्फत पानि भण्डारण गरि बर्दिबास साना तथा सहरी खानेपानी संस्थाको मोडलमा सहकार्य गरि शुद्ध खानेपानी वितरण गरि “एक घर एक शुद्ग खानेपानी धारा “ को अवधारणा पुरा गरिनेछ |
६.नगरमा नगर प्रहरी मातहतमा सुरक्षाका लागि महत्वपुर्ण स्थानमा सी.सी.टि.भी. क्यामरा जडान गरिनेछ साथै ट्राफिकको बढी समस्या भएको महेन्द्र राजमार्ग बाट औरही रोडजाने बाटोमा आकासेपुल निर्माणको योजना अगाडी बढाइनेछ |
७.चुरे क्षेत्रको संरक्षण तथा अबैध रुपमा गरिने नदीनाला उत्खननलाइ मापदण्ड भित्र ल्याइनेछ |
सुशासन तथा जवाफदेहिता :
१.जनताप्रति जिम्मेवारी जनप्रतिनिधिको असल उदाहरण कार्यक्षेत्रमा प्रस्तुत गरिनेछ |नगरभित्रको सम्पूर्ण योजना प्राथमिकीकरण,निर्माण लेखा व्यवस्थापनको जानकारी,आएका गुनासाको सुनुवाई ,नागरिक स्तरको परिक्षण गरि सेवा पूर्ण रुपमा सूचनामुलक र पारदर्शी गरिनेछ |
२.नगर मातहतका सम्पूर्ण कार्यालयमा सी.सी.टि.भी.जडान मार्फत कार्यालय संचालनको निरिक्षण,डिजिटल अनलाइन हाजिरीको व्यवस्था गरि नगर सुशासन डेस्क स्थापना गरि ढिलासुस्ती,अनियमितता र भ्रषटचार क्रमस शुन्यमा झारिनेछ |
कृषि तथा उद्योग :
१.माटोपरिक्षण तथा कृषि सम्बन्धि परामर्श सेवा उपलब्ध गराई कृषकहरुको ठुलो समस्याका रुपमा रहेको कृषि मल तथा बिउ बिजन नगर मार्फत अनुदानमा समयमै कृषकहरुलाइ उपलब्ध गराइनेछ |कुहिने फोहोरबाट मल निर्माण गरि मलमा आत्मनिर्भर नगरपालिका बनाइनेछ |नगरले सबै कृषकहरुको कृषि बिमा योजना मार्फत लगानी सुरक्षित गर्नेछ |
२.कृषि उत्पादनको बृदि तथा बजारीकरणका लागि खयरमारा,गौरीबास र बिजलपुरामा फलफुल पकेट क्षेत्र, किसाननगर,पशुपतिनगर,माइस्थानलाइ तरकारी पकेट क्षेत्र र हथिलेट लाइ पशुपालन पकेट क्षेत्रको रुपमा विकास गरिनेछ |
३.सिचाईको क्षेत्र अनुकुल व्यवथापन गरि कृषिलाइ रोजगार संग जोड्न यस क्षेत्रमा उत्पादन हुने बस्तुबाट आचार उद्योग,जुस उधोग,लगायतका लधु उद्योग स्थापनामा तालिम सहित नगर बाट प्रोत्साहन गरिनेछ |
४.साना,धरेलु तथा लघु उद्योग स्थापना गर्न नगर क्षेत्रबाट अनुदानको व्यवस्था गरिनेछ साथै यस्ता रोजगारी सिर्जना गर्ने उद्योग संचालन बापत नगरमा लाग्ने कर निशुल्क गरिनेछ |
५.नगरमा लाग्ने हाट बजार लाइ व्यवस्थित गरि डिजिटल मार्केटको अवाधरणा ल्याइनेछ |
युवा तथा खेलकुद :
१.प्रत्येक वडामा एक नगर खेल अभ्यास मैदान निर्माण गरिनेछ |नगर क्षेत्रभित्रको मुख्य खेलहररुको खेलाडी छनोट गरि प्रशिक्षण गरिनेछ,साथै बर्दिबास फुटवल रंगशाला सम्पन्न गरि हथिलेटमा व्यवस्थित फुटबल मैदान तथा पशुपतिनगरमा क्रिकेट मैदान निर्माण गरिनेछ | अन्य खेल विकासका लागि नगर र वडा मार्फत बजेट राखी सबै खेलको समुन्नत बिकासमा जोड दिइनेछ |
२.यस क्षेत्रको कुलतको समस्या निराकरण तथा युवा उधमशिलाताका लागि युवा सचेतना कार्यक्रम,स्वरोजगार तालिम, एक वडा एक पुस्तकालय निर्माण,ब्यायाम पार्क निर्माणका साथै युवा सिप तथा युवा स्वरोजगारका लागि नगरबाट धरेलु तथा लधु उद्योग मार्फत “युवामा लगानी,दुर्ब्यसनी मुक्त समाज,स्वस्थ युवा दिगो विकास” बिशेष कार्यक्रम ल्याइनेछ |
धर्म,संस्कृति र परम्परा
१.मन्दिर,गुम्बा,चर्च,मस्जित तथा धार्मिक आस्था र विश्वासका स्थान निर्माण तथा संरक्षणमा जोड दिइनेछ | आन्तरिक तथा बाहय धार्मिक पर्यटनको सम्भावना बोकेको टुटेश्वरनाथ मन्दिर , माइस्थान मन्दिर ,र कालापानीलाइ बिशेष महत्वको क्षेत्रमा राखी गुरु योजना मार्फत काम संचालन गरिनेछ | परापुर्व काल देखि चल्दै आएको वडाहरुमा बारहम बाबा मन्दिर निर्माण ,पशुपतिनगरको दुर्गा मन्दिर,बिजलपुराको जुडीमाई मन्दिर ,मैस्थान्को गुम्बा आदिको स्तर उनती गरिनेछ |
२.नगरमा पायक पर्ने स्थानमा वडधर निर्माण गरि पंचायती,आगुन्तुक स्वागत तथा सामाजिक कार्यमा सो स्थान प्रयोग गरिनेछ |सार्वजनिक सम्पतिको संरक्षणमा नीति बनाई कार्य गरिनेछ |
ओझेलमापरेकायोजनाहरु
१. भुमिहिनसुकुम्वासीतथाअव्यवस्थितबसोवासलाईव्यस्वस्थितगदैजग्गाधनीप्रमाणप्रत्र( लालपुर्जा ), प्रदानगरिनेछ।
२. यसक्षेत्रमावषैदेखिरेलबेपिडिहरुलेभोग्दैआएकासमस्याकोसमाधानगरीउचितमुआवजाकोव्यवस्थापनमापहलगरीनेछ।साथैरेलबेकाकारणविस्तापितभएकाहरुकालागिनगरबाटआवासकोव्यवस्थागरिनेछ।
३. विगतचारवर्षदेखिअन्यौलमारहेकोशिक्षा,विज्ञानतथाप्रविधिमन्त्रालयअन्र्तगतको,“बर्दिवासमेडिकलकलेजपूर्वधारनिमार्णविकासआयोजना”लाईपूर्णतादिईनेछ।
तपाइको एक अमुल्य मत ,तपाइको सुझाव,तपाइको अधिकार
स्वतन्त्र उम्मेदवारको बिजयी, बर्दिबास नगर बिकासको आधार
“पार्टी हैन असल व्यक्ति खोजौ
बिकासका लागि स्वतन्त्र उम्मेदवार रोजौ”
जेब्रा धोड़ा छापमा आफ्नो अमुल्य मत दिनुहोस |





