महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं ७ र ६ काे मतगणना सम्पन्न हुँदा र वडा नं २ काे अहिले सम्म काे जारी मतगणना अनुसार नेकपा एमालेले अग्रता कायम राखेको छ ।
एमालेका मेयर पदका उम्मेदवार सुखदेव यादवले २५२ मतले अग्रता लिएका छन् ।



अहिले सम्मको मतगणना अनुसार एमालेका मेयर पदका उम्मेदवार यादवले १९८१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार योगेन्द्र पजियारले १७२९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा एमालेकी सालिनी चौधरीले पनि अग्रता बनाएकी छिन् । उनले १३० मतले अग्रता बनाएकी हुन् । चाैधरीले १९०० मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार रचना माथेमाले १७७० मत प्राप्त गरेकी छिन् ।
त्यस्तै वडा नं ६ को वडा अध्यक्षमा नेकपा एमाले विनाेद गुप्ता र वडा नं ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका माेबारक कबाडी नथुनीले विजयी हासिल गरिसकेका छन् ।
अहिले वडा नं २ को मतगणना जारी रहेको छ । अहिले सम्म काे गणना अनुसार वडामा काँग्रेसकाे वडाअध्यक्षले ५५५ मत प्राप्त गरेका छन् भने एमालेले ३८१ मत प्राप्त गरेका छन्।




