महेशकुमार दास, जलेश्वर । भन्निछ, चुनावमा एक/एक मतको महत्व हुन्छ रे ! हो साच्चिकै यो त हुँदो रहेछ । एक मतको महत्व के छ ? भन्ने त्यहि एक मतको मतान्तरले हार्ने र जित्ने दुवैले नि यसपालि महोत्तरीमा थाहा पाइ सकेका छन ।
वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचन पश्चात जारि मतगणनामा महोत्तरीमा यस्ता तिन जना भाग्यमानि उम्मेदवार रहेका छन जस्ले मात्र एक मतले विजयी भएर वडा अध्यक्ष वन्ने शौभाग्य प्राप्त गरेका छन ।
‘मतगणना भइ रहेका वेला न जित्नेलाई थाहा थियो कि म जित्दै छु न हार्नेलाई थाहा थियो म हार्दै छुँ । तर भयो त्यहि जे हुनु थियो । ’ वर्दिवासका स्थानिय गोपाल बरालले भन्नु भयो ‘स्थानिय तहको निर्वाचनमा प्रतिस्र्पधा यति सम्म हुँदो रहेछ बल्ल थाहा पाए, जाबो एक भोटले नै जित हार सुनिश्चित गरेको उदाहरण महोत्तरीमा हेर्न पाइयो । ’
महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं. १ मा लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) नेपालका रंजित कुमार चौधरी मात्र एक मतले विजयी हुने भाग्यशालि वडा अध्यक्ष बन्नु भएको छ ।
[caption id="attachment_19130" align="alignnone" width="720"]
महोत्तरी गाउँपालिका वडा नं. १ का निर्वाचित वडा अध्यक्ष रंजितकुमार चौधरी ।[/caption]
चौधरी ३६६ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्प्युनिष्ट पार्टी एमालेका मोहम्मद अनामुल राईनले ३६५ मत ल्याएर पनि हार व्यहोर्नु पर्यो ।
महोत्तरी गाउँपालिका वडा नं. १ को महोत्तरी गाउँपालिका निर्वाचन अधिकृत प्रभु नाथ राय सार्वजनिक गरि रहँदा एका तर्फ जित्ने वडाअध्यक्ष लगायत उनका समर्थकको खुशि सिमा रहने भने अर्को तर्फ मात्र एक भोटले पराजय भोगेका निकटतम प्रतिद्वन्दीको समर्थकहरुमा निराशा छायो । जित्नेलाई तारन्तरा फोन मार्फत र प्रत्यक्ष भेटेर बधाई दिनेको ओइरोनै लाग्यो ।
यस्तै एक भोटले विजयी जित्ने भाग्यमानि वडा अध्यक्ष वर्दिवास नगरपालिका वडा नं. ७ मा स्वतन्त्र उम्मेदावर जेब्रा छापबाट रामस्वगारथ यादव बन्नु भएको छ । यादव ७२७ मत ल्याइ विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका सुरेन्द्र कुमार सिंह कोईरी ७२६ मत ल्याएर हार व्यहोर्नु परेको बर्दिवास निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
[caption id="attachment_19131" align="alignnone" width="720"]
वर्दिवास नगरपालिका वडा नं. ७ का निर्वाचित वडा अध्यक्ष रामस्वगारथ यादव ।[/caption]
वर्दिवास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीको पाईनलबाट उम्मेदवारी दिँदा कसैले पनि म जित्छु भनेर विश्वास व्यक्त नगरेको वडा नं. ७ का विजयी वडा अध्यक्ष यादवले बताउनु भयो ।
‘कामको मूल्यांकन हुँदो रहेछ , त्यहि भएर एक भोटले भए पनि वडा ७ को जनताले मलाई जिताउनु भयो । ’ वर्दिवास वडा ७ का विजयी वडा अध्यक्ष यादवले भन्नु भयो
स्वतन्त्र हो कुनै पनि हालत मा जित्दैन भोट काट्न उमेदवारी दिएको मात्र हो भन्नेहरुको लागि यो उदाहरण हो , जनताले परिवर्तन चाहेको रहेछ । ’
[caption id="attachment_19129" align="alignnone" width="559"]
वर्दिवास नगरपालिका १४ का निर्वाचित वडा अध्यक्ष विजयकुमार महतो ।[/caption]
यस्तै महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ मा स्वतन्त्र उम्मेदवार जेव्रा छापबाट बिजय कुमार महतो पनि भाग्यमानि वडा अध्यक्ष बन्नु भएको छ ।
वडा अध्यक्ष महतो ५०८ मत ल्याएर विजयी हुनु भएको छ । निर्वाचन कार्यालय बर्दिवासका अनुसार महतोले आफना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत प्रसाद हमाललाई मात्र एक मतले पछि पार्दै जित हात पार्नु भएको छ । हमालले ५०७ प्राप्त गरेको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिनु भयो । महतोले स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो ।
‘मैले एक भोट नदिदैमा कोहि हार्ने र जित्ने होईन भन्नेहरुको संख्या यसपालि प्रशस्त देखे र सुने ।’ वर्दिवास नगरपालिका वडा नं. १का नवराज तिम्लसिना भन्नु हुन्छ ‘तर महोत्तरीमा त्यहि एक भोटले जनप्रतिनिधि निर्वाचित हुन सक्छ है भन्ने उदहारणले उनीहरुको सातो नै गए होला । ’
जिल्लामा १५ वटै पालिकामा मतगणना जारि रहँदा मात्र एक भोटको मतान्तरले विजयी भएका तिनै जना वडा अध्यक्षहरुको चर्चा सुन्न थालेको छ ।