जनकपुरधाम,
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको गृहपालिकामा जनमत पार्टी पराजित भएको छ । सो पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जित हात पारेको हो ।



राउतको घर रहेको सप्तरीको महादेवा गाउँपालिकामा लोसपाले अध्यक्ष र उपाध्यक्ष जितेको हो ।
लोसपाका उम्मेदवार सुनिलकुमार मण्डल ४ हजार ५७० मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपककुमार यादवले २ हजार २०५ मत प्राप्त गरेका छन् ।
त्यस्तै तेस्रो नम्बरमा जसपाका शिवनन्दन यादव १ हजार ७४२ मत र चौथो नम्बरमा जनमत पार्टीका उम्मेदवार जगनाथ मण्डलले १ हजार ३४१ मतमा सिमित भए ।
यस्तै उपाध्यक्षमा लोसपाकै अर्चनाकुमारी यादव ३ हजार ८६७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सषु्माकुमारी मण्डलले २ हजार २५३ मत ल्याएकी हुन् ।
जसपाकी राखी कुमारी यादव १ हजार ६९४ मत र जनमतकी ललिताकुमारी मण्डलले १ हजार ५८५ मत मात्र प्राप्त गरेकी छन् ।
जनमत पार्टीले एक मात्र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका मेयर जित्दै खाता खोलेको छ ।




