औहरी – महोत्तरीको सोनमा गाउँपालिका अध्यक्षले पालिका भित्रका दिर्घ रोगी तथा गर्भवती महिलाको लागि प्रदेश भरिका जुनसुकै अस्पतालमा जान मिल्ने गरि एम्बुलेन्स सेवा निशुल्क गरेको छ । बुधवार गाउपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन ।
आर्थिक विपन्न परिवारका कोहि रोगी हुदा यातायात मै हजारौ खर्चने बाध्यताका विच पालिकाको निशुल्क एम्बुलेन्स सेवाले राहत पुग्ने पालिका अध्यक्ष यादवले बताए ।



उनले सोनमा गाउँपालिकामा विस्तारै आर्थिक रुपले विपन्न तथा दलित समुदायको लागि जिविकोपार्जन सम्बन्धि विभिन्न कार्यक्रम संचालन गर्ने बताए । उनले निशुल्क एम्बुलेन्स सेवा संगै किसानका लागि निशुल्क सिंचाईको समेत बन्दोबस्त गरिने थपे ।




