काठमाडौं- जबर्जस्ती करण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पूर्णविक्रम शाह (पल शाह) मुद्दाको थुनछेकमा उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको छ।
उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँ र नवलपुरको आदेश सदर गरेको हो।







