जनकपुरधाम- मधेस प्रदेश सरकारले ४६ अर्ब भन्दा बढीको बजेट ल्याएको छ ।
बुधवार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ४६ अर्ब ८८ करोड ९ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।



प्रदेश सरकारले चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६.४४, पूँजिगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३.२१ प्रतिशत र शसर्त अनुदान तर्फ १६ करोड २४ लाख ५४ हजार २ सय अर्थात ०.३५ प्रतिशत बजेट बिनियोजन गरेको छ ।

सभामुख सरोज कुमार यादवले अर्थमन्त्री यादवलाई राजस्व तथा आयव्ययको अनुमान सभामा प्रस्तुत गर्न अनुमति दिए पछि अर्थ मन्त्री यादवले सुरु मै सर्वज्ञ कवि दुष्चन्दकुमारको सायरी ‘सिर्फ हंगमा खडा करना, हमरा मक्सद नहीं । हमारी तो यहं जिद्द है की सुरत बदल्नि चाहिए’, हिन्दी भाषा मै सुनाउँदै उनले प्रदेशको आयव्यय प्रस्तुत सुरु गरेका थिए ।
प्रस्तुत गरिएको बजेटमा मधेस प्रदेशमा मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
कृषि क्षेत्रको विकासका लागि प्रादेशिक कृषि गुरु योजना तयार पार्न ५० लाख र यस क्षेत्रलाई व्यावसायीकरण, यान्त्रिकीकरण गर्न १७ करोड ८२ लाख रुपैयाँ छुट्ट्याइएको छ । पशु बिमा र कृषि सडकको निर्माण गर्न २८ करोड २० लाख बजेट विनियोजन गरिएको छ । कृषि ज्ञान केन्द्रलाई सात करोड २८ लाख बजेट छुट्ट्याएको छ ।
त्यस्तै सशर्त र समपूरक अनुदानका लागि तीन अर्ब ८७ करोड विनियोजन गरिएको छ । यो अनुदान स्थानीय तहहरूलाई प्रदान गरिने छ। स्थानीय तहलाई चालु आर्थिक वर्षमा दिएको अनुदानको खर्च प्रगति अनुसार दिइने अर्थमन्त्री साहले बताए ।
त्यसैगरी मधेश सरकारले सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत्त छात्राहरुलाई प्रवृधिमा पहुँच पुर्याउन एक एक थान ल्यापटप वितरण गर्ने अर्थ मन्त्री शैलेन्द्र साहले बजेट भाषणको क्रममा घोषणा गरेका छन् ।
ल्यापटप वितरण गर्नको लागि ७७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताए ।
हेर्नुहोस् पूर्ण विवरण
[pdf-embedder url=”https://shirishnews.com/wp-content/uploads/2022/06/आगामी-बक्तव्य-बजेट.pdf”]




