महेन्द्रनगर- वर्दिवासका नागदेव यादवलाई मधेस प्रदेश चुरे संरक्षण र विकास अनुसन्धान विज्ञमा मनोयनित भएका छन् ।
यादवलाई नेपाल विज्ञान तथ प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रदेश स्तरीय अनुसन्धान केन्द्र स्थापना एवं संचालन सम्बन्धी नियमावली, २०७८ को परिच्छेद ३ को दफा ९(१)(ख) बमोजिम व्यवस्थापन समितिको मधेस प्रदेश चुरे संरक्षण र विकास अनुसन्धान विज्ञमा मनोयन गरिएको हो। समितिको सदस्यको पदावधी चार वर्ष रहेको छ।



सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास महोत्तरीका अध्यक्ष समेत रहेका यादव विगत दुई दशकदेखि प्राकृतिक(जमिन, जंगल, जनावर, जडिबुटी) संरक्षणमा योग्दान दिँदै आएका छन् । उनले मधेशका जिल्लाहरुमा लामो समयदेखि चुरे संरक्षणका लागि अभियान चलाउँदै आएका छन् ।
त्यस अभियानको क्रममा उनी विभिन्न देशहरुको भ्रमण गरेका छन् भने अन्तराष्ट्रिय अवार्डहरु समेत हात पारेका छन् ।
संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सेवा गरेका व्यक्तिहरुलाई सरकारले मानपदवी, अलङ्कार र पदकले सम्मान गर्ने क्रममा यादवलाई पनि जनसेवाश्री मानपदवी प्रदान गरिएको छ।




