महोत्तरी । आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेद्वारी दिएका स्वतन्त्र उम्मेद्वारप्रति शीर्ष नेताहरु नै आक्रामक देखिएका छन् । आफूविरुद्ध नै उम्मेद्वारी दिएका कारणले पनि शीर्ष नेताहरुमा आक्रोश देखिएको हो ।
प्रतिनिधि सभा सदस्य तर्फ नेकपा माओवादी केन्द्रका शिर्ष नेता गिरिराज मणी पोखरेल,नेकपा एमालेका नेता लक्षमी महतो लगायत शिर्ष नेताहरुकै क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी परेको छ ।

नेकपा माओवादी केन्द्रका शिर्ष नेता गिरिराज मणी पोखरेल र नेकपा एमालेका नेता लक्षमी महतो विरुद्ध महोत्तरी क्षेत्र नमबर १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका पोषण थापाले राम्रै चर्चाप पाइरहेका छन् ।
पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेल र नेकपा एमालेका नेता लक्ष्मी महतोलाई स्वतन्त्र उम्मेद्वार पोषण थापाका कारण महोत्तरी एकमा चुनाव जित्न थप सकस हुने भएको छ । यातायात व्यवस्था कार्यालयको शाखा प्रमुखबाट राजीनामा दिएर चुनावमा होमिएका थापाको प्रभाव बढ्दैँ जाँदा चुनौती थपिने निश्चित भएको हो ।




उनले निर्धक्क भएर प्रचारप्रसार गर्न घर दैलोमा खटिएका देख्र्रिन्छ । थापाले भने,म विगत दुई दशक देखि यातायात व्यवस्था कार्यालयको शाखा प्रमुख हुदै देशको विभिन्न स्थानमा काम गदै सेवाका गर्ने मौका पाए अव जन्ताका लागि थप काम गर्ने मलाई मौका दिनुपर्ने बताए । उनले भने म जसरी आफनो घोषना पत्रमा योजनाहरु र कामहरु राखेको छु त्यही बमोजिम काम गर्ने बताए ।
बर्दिवास नगरपालिका वडा नम्वर ९ बस्ने स्थानिय रामजि महतोले भन्नुहुन्छ यो क्षेत्रमा १५ वर्ष देखि एकै जना नेताले चुनाब जित्दै आईरहेका छन तर पनि बर्दिवार लगायत यस क्षेत्तको कुनै पनि स्थानमा विकास हुन नसकेको बताए ।

पोषण थापा प्रतिनिधि पात्र मात्रै हुन्, काठमाडौं उपत्यकादेखि देशका विभिन्न स्थानबाट उम्मेद्वारी दिएका स्वतन्त्रहरु दलहरुका लागि चुनौती बन्दै गएका छन् । रौतहट ३ बाट स्वतन्त्र उम्मेद्वारी दिएका प्रभु शाहको जित लगभग निश्चित बन्दा दलका उम्मेद्वारलाई चुनौती थपिएको छ ।




कांग्रेसबाट टिकट नपाएपछि सर्लाही ४ बाट स्वतन्त्र उम्मेद्वारी दिएका अमरेशकुमार सिंह पूर्वसांसद नगेन्द्रकुमार रायका लागि चुनौती बन्ने निश्चित छ ।
एकातिर दलहरुप्रतिको बढ्ँदो वितृष्णा अनि अर्कातिर स्वतन्त्रहरुको प्रभाव बढ्ँदै जाँदा आगामी निर्वाचनमा शीर्षस्थ नेताले स्वतन्त्रबाट पराजय भोग्नुपर्ने सम्भावना बढेको छ । जसले गर्दा स्वतन्त्र उम्मेद्वारलाई प्रचारदेखि लिएर जनमत भड्काउने नीतिमा सफल बनाउन नदिन दलका नेताहरु लागिपरेका छन् ।




