जनकपुरधाम- नेपाली कांग्रेसको मधेश प्रदेश संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव विजय चयन भएका छन्।
जनकपुरधामस्थित पार्टी कार्यालयमा भएको निर्वाचनमा २२ जना प्रदेश सांसद मध्ये १८ जनाले कृष्ण यादव लाई भोट गरेपछि भारी मतले यादव विजय भएको छ भने रामसरोज यादवले ४ मत मात्र प्राप्त गर्न सफल भएको छ।



नेपाली कांग्रेसका मधेश प्रदेश सभापति समेत रहेका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलको नेता समेत रहेका रामसरोज यादव बिच संसदीय दलको नेताको लागि चुनाव भएको थियो।
उम्मेदवारी दिएका कृष्णप्रसाद र रामसरोज दुवै संस्थापन पक्षकै हुन् । मधेश प्रदेश सभामा कांग्रेस दोस्रो ठूलो दल हो । उसका २२ जना प्रदेश सांसद छन् ।




