काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।
क्यानको पोखरामा जारी केन्द्रीय समितिको बैठकमा सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने समझदारी भएको एक पदाधिकारीले जानकारी दिए ।



बैठकको एजेण्डामध्ये सन्दीपको विषयमा छलफल हुँदा निलम्बन फुकुवा गर्ने समझदारी भएको ति पदाधिकारीले बताए ।
बलात्कार मुद्दामा २० असोजमा पक्राउ गरेका सन्दिपलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उच्च अदालत, पाटनले उनलाई २८ कात्तिकमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो ।




