कृष्ण राज गिरी
भैरहवा- रुपन्देही को भैरहवा, तिलोत्तमा र बुटवल का प्रमुख बजार हरु मा मा हिजो आज 'सटर भाडा मा' भनेर व्यानर टाँसिएको धेरैदेखिएका छन् र दिन प्रतिदिन यो क्रम वढ्दो छ। जुन ठाउँ मा सटर भाडा मा लिन को लागि लाखौं पेश्कि र महंगो भाडा तिर्न पर्थ्यो, हिजोआज भाडा मा ३०-४० प्रतिशत भाडा छुट र पेश्कि छुट गर्दा पनि बजार को अवस्था हेरेर व्यापार गर्न हिम्मत कसैले गर्न सकेका छैनन् ।
व्यापार केहि वर्ष देखि ओरालो लाग्दै गएको तर व्यापार को यो अवस्था कोभिड माहामारी पछि झन् विकराल हुदैँ गएको व्यापारी हरुवताउँछन् ।
'व्यापार ले पसल खर्च र वैंक को चर्को व्याज तिर्न नसके पछि धेरै व्यापारी विस्थापित भएको र यही अवस्था अझै केही समय रहेआफु पनि विस्थापित हुने ' भैरहवा वैंक रोड मा विगत पन्द्र वर्ष देखि व्यापार गर्दै आएका शिव चौधरी ले आफ्नो पिडा सुनाए ।
व्यापार को यो अवस्था आउनु को प्रमुख कारण के हुन सक्छ भनेर सिद्दार्थ उध्योग वाणिज्य संघ का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लाईजिज्ञासा राख्दा ' व्यापार देश भरि नै मन्दि को अवस्था छ तर भैरहवा लगाएत रुपन्देही का प्रमुख बजार मा व्यापार को यो अवस्था आउनुमा प्रमुख कारक भनेको खुला सिमाना रहेको' जानकारी दिए । जुन दिन सम्म खुला सिमाना व्यवस्थित हुँदैन त्यो दिन सम्म यहाँ को व्यापार नसुध्रिने भएको ले सिमा नाका व्यवस्थित गर्न दवाव दिन चाडैँ नै सिमा नाका मा धर्ना दिन वाध्य हुने थप भनेका छन् ।
बजार अनुगमन गर्दा भैरहवा, तिलोत्तमा र बुटवल का प्रमुख बजार हरु को अधिकांस पसल ग्राहक विहिन देखिए तर सिमा पारी सुनौली का पसल मा नेपाली ग्राहक को वाक्लो उपस्थिती थियो। सुनौली वाट फर्किदा समान हरु जति बोकेर लिएर आउँदा पनि भंसारमा विना केहि रोकटोक मानिस हरु नेपाल प्रवेश गरेका थिए ।
व्यापार किन भएन ? के कारण ले यो अवस्था आयो ? बजार लाई चलाएमान र व्यापारी लाई पलाएन हुन कसरी रोक्न सकिन्छ भनेरकेहि व्यापारिक संघ संस्था वाहेक अन्य कुनै निकाय ले पहल गरेको देखिदैन ।




