कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को सिद्धाथनगर नगर पालिका, भैरहवा मा पसल हरु मा र वाटो मा हिँड्ने पैदल यात्री हरु लाई अनेक दु:ख देखाएर पैसा माग्ने र नदिए सम्म दु:ख दिने एउटा गिरोह पक्राउ परेको छ।
पक्राउ परेको गिरोह मा दुई महिला र तीन वालवालिका रहेको र भारत राजस्थान निवासी रहेका छन् ।गिरोह ले महिला र वालवालिका को प्रयोग गर्ने गरेको पाईएको छ।



सिद्धार्थनगर नगर पालिका उप-प्रमुख उमा अधिकारी को सक्रियता मा यो गिरोह समात्न सफल भएको हो ।उप-प्रमुखअधिकारी ले ‘सडक मा अस्वभाविक तरिका ले पैसा उठाँउदै हिड्ने सुचना पाए संगै ,तिनीहरु लाई समातेर जिल्ला प्रहरी कार्यालय बुझाएको ‘ भनिन् । यस्ता अनेक बाहाना गरेर या द:ख दिएर पैसा माग्ने जतासुकै देखिए पनि खवर गरि सहयोग गरिदिन थप अनुरोध गरिन् ।
खुला सिमा को कारण भारत को विभिन्न शहर वाट नेपाल माग्न कै लागि प्रवेश गर्ने को संख्या दिन प्रतिदिन वढ्दो छ। यिनीहरु को भैरहवा मा मात्र नभई काठमाडौं लगाएत देश भरि नै वाक्लो उपस्थिती छ। गिरोह पनि फरक किसिम का देखिएका छन् ।
कोहि खाना नपाएको भनेर दु:ख देखाएर माग्छन् भने कोही राम्रो चिटिक्क को कपडा लगाएर अंग्रेजी बोलेर नेपाल घुम्न आएको तर पैसा हराएर घर जान लाई मात्र भाडा को पैसा भए पुग्ने भनेर माग्छन् ।




