धनुषा- क्षीरेश्वरनाथ नगरपालिकाले आव २०८०/०८१ काे लागि ल्यायाे ६८ कराेड ९२ लाख ९९ हजार काे बजेट सार्वजनिक गरेकाे छ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारबाट प्राप्त वित्तिय समानुकरण अनुदान रु. १२ करोड ५६ लाख, नेपाल सरकार सर्शत अनुदान रु.१६करोड ८९ लाख, नेपाल सरकार विशेष अनुदान १ करोड ५० लाख, नेपाल सरकार समपुरक अनुदान रु ८० लाख नेपाल सरकार राजश्व बाँडफाँड ९ करोड ७४ लाख ७७ हजार प्रदेश सरकार वित्तीय समानीकरण रु ९२ लाख ७२ हजार, प्रदेश सरकार शशर्त अनुदान रु.१ करोड, प्रदेश सरकार समपुरक अनुदान रुलाखक प्रदेश सरकार विशेष अनुदान रु ३० लाख, प्रदेश सरकार राजश्व वाँडफाँड रु. ७० लाख आन्तरिक आय रु. ३ करोड १० लाख, गत मौज्दात रु. ७ करोड, सडक बोर्ड नेपालको रु २५ लाख, युनिसेफको कार्यक्रम रु.१० लाख, सामाजिक सुरक्षा रु ११ करोड ३२ लाख ५० हजार, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम रु. ५ लाखलागत सहभागिता रु १ करोड ५० लाख मालपोत कार्यालयबाट ६८ लाख गरी कुल रु ६८ करोड ९२ लाख ९९ हजार आयको अनुमान पेश नगर प्रमुख सुख देव यादवले पेश गरेका हुन्।




प्रस्तुत गरिएको बजेटमा निति तथा कार्यक्रममा कृषकसँग मेयर कार्यक्रम संचालन गर्न कृषकहरुको समस्या र समस्याको समाधान खोज्ने नीति लागू गरिने र सिंचाई सम्बन्धी नगर क्षेत्रभित्र इनार, स्यालो ट्युवेल, डिप ट्युवेल, मोटर, दमकल जस्ता सिंचाईका अन्य उपकरणहरु वितरण गरिने जस्ता कार्यक्रमहरु ल्याउने नगर प्रमुख यादवले जानकारी दिए ।
कृषि क्षेत्रको उत्पादन बढाई कृषकका जिवनस्तर बढाउन नगरस्तरीय कृषि नीति, र सहकारी सम्बन्धी नीति निर्माण गर्ने
कार्यन्वयन गरिने, महिनामा एक पटक ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमको व्यवस्था मिलाई प्रत्येक महिना वडामा गई जनप्रतीनिधिले जनतासँग प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाईने जस्ता कार्यक्रम समेत संचालन गरिने बताइएको छ।

त्यसैगरी मृगौला, मुटु, कलेजो, अंबुद, स्पाईनल ईन्जुरी, मेनेन्जाईटिस, पक्षघात घातक रोग लागेको बिरामीहरुलाई दिईदै आएको सहयोग रु.१००००।०० दश हजार आगामी आ.व. २०८०।०८१ मा समेत निरन्तरता दिईएको छ ।

“आधारभुत शिक्षाबाट कोही बञ्चित नरहुन” भन्ने नारालाई सार्थक बनाउन सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर
सुधारका अभियानका रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरीने छ ।

“नगर प्रमुखसँग बालबालिका, शिक्षक तथा अभिभावक अन्तक्रिया” नामक कार्यक्रम संचालन गरी बालबालिकाहरु प्रति जनप्रतिनिधीहरुको उत्तरदायित्व र जवाफदेहिता अभिवृद्धि गरिनेछ ।
विद्यालयमा खेलकुद तथा अतिरिक्त क्रियाकलापको माध्यमवाट अनुशासन र शैक्षिक गुणस्तरको विकास गर्न आवश्यक सहयोग गरिनुका साथै नगर स्तरिय खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिने लगायतका निति तथ कार्यक्रम सार्वजनिक गरिएको छ।
पूर्णपाठ पढ्नुहोस् ।




