महाेत्तरी- नापी र मालपोतको सेवा कार्यालय रामगोपालपुरमा स्थापना हुनुपर्ने माग राख्दै आन्दोलन सुरू भएको छ ।
मन्त्री परिषदको निर्णयबाट महोत्तरीको गौशालामा स्थापना गर्ने भनिएको नापी र मालपोतको सेवा कार्यालय रामगोपालपुरमा हुनुपर्ने माग राख्दै रामगोपालपुरबासीले आन्दोलन सुरू गरेका हुन्।
आन्दोलनकाे क्रममा आइतवार बिहान ९ बजेदेखि १२ बजेसम्म रामगोपालपुरमा बजार तथा सडक बन्द गरिएको छ।
माग संबोधन नभए सम्म यस्ता गर्न दबाब दिने कार्यक्रम निरन्तर जारी राख्ने जनाईएकाेछ।











