जनकपुरधाम। सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृत पदम बिनोद पोखरेल एकलाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् ।
मंगलबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले सेवाग्राहीबाट लिइरहेको एकलाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको प्रयोजनका लागि सेवाग्राहीबाट माग गरेका थिए । जुन कुरा अख्तियारलाई पूर्व सूचनाको थियो ।



सोही आधारमा अधिकृत पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको अख्तियारका सह प्रवक्ता देवी प्रसाद थपलियाले बताए । उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय टंगालले जनाएको छ ।




