सर्लाही । साधारण भाषामा आन्दोलन शब्द सुन्दा खेरी नै कुनै पनि राष्ट्र, राज्य, प्रदेश,स्थानिय तह अथवा कुनै निश्चित ठाउँमा विभिन्न अधिकारको लागि लडने लडाई बुझिन्छ । तर सर्लाहीको चनद्रनगर गाउँपालिकामा किसानहरुको आर्थिक वृद्धीको लागि सोहजन आन्दोलन गरिने भएको छ । देशैभरीमा विभिन्न अधिकार प्राप्तीको लागि नेपाल नागरीकहरु बिगतको समय देखि नै आन्दोलन गरिरहेको छ ।
हाल पनि भैईनै रहेता पनि खास गरी राजनैतिक आन्दोलन तथा हक अधिकारको आन्दोलन भएको छ । तर सर्लाहीमा पहिलो पटक सोहजन आन्दोलन हुने भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सोहजन खेतीको अवधारणा ल्याई किसानहरुको आम्दानी बढाएर चन्द्रनगरमा मात्र नभएर तराईका २२ जिल्लामा सोहजन आन्दोलन सुरु गराउने भएको छ ।असार ३१ गते आइतवार एक कार्यक्रमका बिच चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सोहजन आन्दोलनको घोषणा गरेका छन । सम्मानित जिवन समृद्ध चन्द्रनगर नारा दिई चन्द्रनगर बाट सोहजन आन्दोलन सुरु भई तराई मधेशका जिल्लाहरुमा समेत यो आन्दोलन तिब्र गतिमा फैलिने चन्द्रनगर गाउँपालिकाले जनाएको छ । सोहजन पोषण, स्वास्थ्य, सौन्दर्य, वातावरण तथा समुद्धिको लागि बहुउपयोगी बिरुवा हो ।




सोहजनलाई अंग्रेजीमा मोरिंगा ओलियफेरा भन्निछ । सोहजन खेतीबाट चन्द्रनगरका किसानहरुले आर्थिक लाभ लिएर चन्द्रनगरलाई समृद्ध बनाउने र यो खेती आन्दोलनको रुप लिई तराई मधेशको जिल्लामा पनि पछि बिस्तार भएर मधेशकै अर्थतन्त्र रुपान्तरण गर्ने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए । चन्द्रनगरमा सोहजन खेती गरेर सोहजन उधोग तथा अनुसन्धान केन्द्र खोलेर गाउँपालिकालाई समृद्ध बनाउने अध्यक्ष महतोले बताए । उनले चन्द्रनगरमा सोहजनको पातको चुर्ण, फेसवास, सावुन, तथा विभिन्न औषधीहरु उत्पादन तथा प्रशोधन गरी उधोग मार्फत राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारिकरण गरी चन्द्रनगरलाई समृद्धीको दिशा तर्फ लगिने बताए । अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिका बाट सोहजन खेतीको आन्दोलन गरि तराई मधेसका २२ जिल्लामा सोहजन खेती गर्न आन्दोलन गरिने बताए ।

नेपालको पहाडी तथा हिमाली भेगमा पानी, जडिबुटीले त्यो क्षेत्र विकास गर्न सकिन्छ तर मधेशमा प्रकृतीले ठुलो उपहार दिएको छ, मधेशको हावा पानी, मौसममा मात्र सोहजनको बिरुवा हुर्किने भएकोले सिङ्गो मधेशलाई नै उन्नतीको दिशामा लग्न सकिने गाउँपालिका अध्यक्ष महतोले बताए । सोहजनको बारेमा धेरै पुस्तहरु लेखिएको छ, देश बिदेशमा पनि सोहजनको फल,बिउ, पात,तेल तथा डाठहरुको माग बढेको छ, भारत बाट पश्चिमा देशहरुले सोहजन आयात गर्ने गर्छन, नेपालमै सोहजनको पर्याप्त मात्रमा उत्पादन भएपछी विदेशमा निर्यात गरेर हामी आर्थिक लाभ लिन सक्ने गाउँपालिका अध्यक्ष महतोले बताए । सोहजनमा ९२ किसिमको पोषक तत्व हुन्छ, यसले कुपोषण अन्तय गर्दछ ।

कयान्सर रोग,मधुमेह रोग, कोलस्टोरल,डम रोग, लगायत ३ सय रोगको रोकथाम तथा उपचार सोहजनको फल,फुल, बिउ, डाढ, पातले गर्ने गरेको अध्यक्ष महतोले बताए । सोहजनले बातारण पनि स्वच्छ बनाउने गरेको छ यसले अत्यधिक मात्रा करिब ८ किलो एउटा बोटले दैनिक अक्सिजन दिने गरेकोले पनि हरेक व्यक्तिको लागि सोजनको बिरुवा उपयुक्त हुने अध्यक्ष महतोले बताए । बोटविरुवाको क्षतिले जलवायु परिवर्तन भैरहेको छ। बातावरण संरक्षणको लागि पनि सोहजन खेतीमय हामीले बनाउनुपर्ने अध्यक्ष महतोले बताए । सोहजन खेतीका विज्ञ देवनारायण मण्डलले सोहजन आम्दानीको हिसाबले किसानको लागि उतम भएको बताए । एक कठ्ठामा ४४ वटा विरुवा ८÷८ फिटको दुरीमा रोपदा सोहजन खेतीबाट राम्रो आम्दानी लिन सकिने मण्डलले बताए ।





