महोत्तरी। महोत्तरीमा एकजना मिटरब्याजीका नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका ६ हतिसर्वाका साहु रघुवीर साहका छोरा ईन्द्रजीत साह छन् ।उनी साहुहरुको संगठन लेनदेन संघर्ष समिति महोत्तरीका सहसचिव हुन् ।
उनलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पक्राउ गरेको महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा विवाद गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।



छलफलमा बसेका एक प्रत्यक्षदर्शीका अनुसार मूलधनको ६ गुणासम्मको तमसुक बनाएको र दिएकै रकम अनुसारको तमसुक रहेकाले सोही बमोजिम ऋणीबाट अशुल गर्ने अडान राखेपछि विवाद भएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।डिएसपी गिरीका अनुसार आज पुनः जिल्ला प्रशासनमा छलफल हुने उनले बताए ।
जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा मिटरब्याज सम्बन्धि उजुरी परेको छ ।




