कृष्ण राज गिरी/ भैरहवा
रुपन्देही को बुटवल उप-महानगरपालिका मा सरसफाई तथा वृक्षारोपण अभियान सोमवार देखि शुरु भएको छ। साउन १५ देखि भदौ ३१ सम्म चल्ने पैंतालिस दिने विशेष सरसफाई तथा हरियाली प्रवर्दन अभियान को सुभारम्भ बुटवल उप-महानगरपालिका का प्रमुख खेलराज पाण्डेय ले गरेका छन्।

विशेष सरसफाई तथा हरियाली प्रवर्दन अभियान को सुभारम्भ गर्दै प्रमुख पाण्डेय ले अभियान अन्तर्गत मुख्य सडक का डिभाइडरहरु मा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाई गरिने बताए। बुटवल लाई सफा,सुन्दर र हरियाली शहर को रुपमा स्थापित गर्न को लागि चालु आर्थिक वर्ष मा उज्यालो बुटवल अभियान अन्तर्गत मुख्य सडक क्षेत्र मा उच्च क्षमता को बत्ती जडान गर्नु को साथै हरियाली बनाउने र भित्री सडक लाई समेत उज्यालो बनाउँदै रात्रीकालिन बजार सन्चालन गर्ने योजना रहेको जानकारी गराए ।

साउन १५ गते योगीकुटीबाट शुरु भएको अभियान को पहिलो दिन योगीकुटी देखि होराइजन चोकसम्म सरसफाई तथा वृक्षारोपण गरीने छ। त्यस पछि १६ र १७ गते होराइजन चोकदेखि भुड्की चोक सम्म, १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोकसम्म, २१ गते देखि २३ गतेसम्म ट्राफिक चोकदेखि गोलपार्कसम्म सरसफाइ गर्दै वृक्षरोपण गरिने छ । साथै २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकी सम्म, २८ र २९ गते अस्पताल चोक देखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकी सम्म नियमित सरसफाइ तथा विरुवा संरक्षण गर्ने कार्यक्रम रहेको बुटवल उप- महानगरपालिका ले जनाएको छ।






