
अर्जुन कुमार साह,महोत्तरी - व्यक्तिगत घटना दर्ता भनेको प्रत्येक व्यक्तिको जन्म, मृत्यु विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराइ लगायतका व्यक्तिगत घटना सम्बन्धित व्यक्तिको स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा दर्ता गर्ने कार्य हो । यसै अनुरुप जन्मदर्ता पनि व्यक्तिगत घटना दर्ताको एउटा प्रकारको रुपमा रहेको छ । जन्मदर्ता कुनै पनि मानिस र राज्य बीच सबै भन्दा पहिलो कानुनी सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण दस्तावेजको रुपमा रहेको छ ।
यसै दसतावेजलाई आधार मानी राज्यबाट प्रदान गरिएको सेवा, सुविधा तथा अन्य काम प्रयोजनका लागी महत्वपुर्ण प्रमाणको रुपमा रहेको हुन्छ ।नेपालको संविधानको धारा ३९ मा बालबालिका सम्बन्धि हक मौलिक हकाधिकारको रुपमा सुनिश्चित गरिएको छ । धारा ३९ मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ भनि प्रष्ट व्यवस्था रहेको छ । प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ भनि व्यवस्था रहेको छ । प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक सुनिश्चित गरिएको छ ।

कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन स्पष्ट व्यवस्था समेत रहेको छ । यसरी संविधान लगायत दर्जनौ बालबालिका अधिकार सम्बन्धि कानुनहरुमा विभिन्न किसिमको मानव अधिकारका कुराहरु समावेश र सम्मलित गरिएको छ जुन सराहनीय नै छ तर उक्त सबै सेवा सुविधा र अधिकार प्रत्याभूत गर्नका लागी विभिन्न किसिमको कानुनी कार्यविधि बनाई जन्मदर्ता, बालबालिकाहरुलाई संविधान प्रदत मौलिक हकबाट बन्चित गरिएको कुरा व्यवहारमा रहेको देखिन्छ । बालबालिकाले राज्यबाट पाउने लगभग सबै सेवा सुविधा जस्तो शिक्षा, पोषण भत्ता, आर्थिक क्रियाकलाप, बिमा, उचित पालन पोषण, खेलकुद तथा मनोरन्जन, र लगायत कानुनी पहिचानबाट समेत बन्चित भईरहेका छन् ।
यसै समस्या बारे स्थलगत रुपमा मैले महोत्तरी, धनुषा र सिराहा जिल्लाहरुमा विभिन्न स्थानीय पालिकाहरु, विद्यालय, जिल्ला प्रसाशन कार्यालय, नागरिक समाज, मानव अधिकारकर्मी र दलित मानव अधिकारकर्मीहरुलाई स्वयम् भौतिक रुपमा पुगी भेटि केहि घटनाहरुबारे यस लेख मार्फत जन्मदर्ता सम्बन्धि चुनौतीहरु पाठकहरु सामु ल्याउन प्रयास गरेको छु । यो घटनाहरु यस जन्मदर्ता सम्बन्धि समस्यालाई बुझ्न÷बुझाउन प्रतिनिधि पात्रको रुपमा मात्र रहेको छ । यस किसिमका समस्याहरुले गर्दा नेपालमा हालसम्म ७४% बच्चाहरु दर्ता रहेका छन् भने बाँकि २४% बच्चाहरु विभिन्न वाधा अड्चनको कारण अझै पनि दर्ता हुन सकेका छैनन् । दर्ता नहुनुको कारण थुप्रै छन् जुन अगाडी लेखामा आउने नै छन् । यो लेख विशेष रुपमा मधेश प्रदेशमा केन्द्रित भई लेखिएको हो ।
मधेश प्रदेशमा जन्मदर्ताको समस्याः
हाल मधेश प्रदेशको कुल जनसंख्या नेपालको कुल जनसंख्याको २१% रहेको छ । उक्त २१% लाई १००% को अनुपातमा हेर्ने हो भने जम्मा ७७% बालबालिकाहरु दर्ता रहेका छन् भने बाँकि दर्ता नभएको २३% रहेका छन् जसको संख्या निकै धेरै हुन्छ । हामीले नेपालको संविधान बनाउँदै गर्दा सबै बालबालिकालाई संविधान प्रदत मौलिक हकाधिकारको व्यवस्था त गर्यौ तर सबै बालबालिका उक्त मौलिक हकाधिकार राज्यले कुनै न कुनै वाधा अड्चनका कारण नेपालको २४% बालबालिकालाई जन्मदर्ताबाट बन्चित हुन पुगेका छन् मधेश प्रदेश मा पनि २३% बाँकि रहेका छन् ।
यसै सम्बन्धमा हामी धनुषा जिल्ला जनकपुर उप–महानगरपालिका–२० बस्ने स्व.बेचन कसेरा र ३५ वर्षीय निलम कसेराको दाम्पत्य जीवनबाट मुस्कान कुमारी हाल १२ वर्ष रहेको जन्मदर्ता विहिन भई बाचिरहेको छ । वुवा स्व. बेचन कसेरा नागरिकता नबनाई मृत्यु भएको थियो निजका मृत्यु दर्ता समेत नरहेको र आमाले श्रीमानको नाम बाट नागरिकता बनाउन पनि नसकेको जस कारण आमा अनागरिक र छोरी मुस्कान जन्मदर्ता विहिन भई राज्यबाट पाउने सेवा सुविधा वन्चित भई बस्न परेको छ । मुस्कानको पढ्ने इच्छा भएतापनि जन्मदर्ता नभएकै कारण मात्र ७ कक्षा सम्म पढन पाएकी छिन उसको माध्यमिक शिक्षा पनि पुरा नभई घरमा बस्नु परेको छ । अहिले मुस्कान घरायसी काममा लागेकी छन भने आमा अर्कोको घरमा ज्यालादारी गरेर आफ्नो परिवारको जैविकउपार्जन गरिरहेका छन ्। वडा कार्यालयमा सम्पर्क गर्दा आमाको नागरिकता र श्रीमानको मृत्यु दर्ता भए मात्र मुस्कानको जन्मदर्ता बनाई दिने भनेका छन। आर्थिक रुपले बिपन्न रहेका मुस्कानका आमाले सहयोगको लागि हारगुहार गरेका छन तर पाउन सकेका छैन ।
महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा नं–३ मुसहरी टोलमा करिब सैयौं घर परिवार दलित (सदा) समुदायका व्यक्तिहरु रहेका छन् । तिनीहरु ऐतिहासिक रुपमै राज्यका अंगहरुमा पहुच नरहेको र राज्यबाट पाउने सेवा सुविधा समेतको उपभोग गर्न बाट वन्चित रहेकै कारण आफु भुमि पुत्र रहेता पनि कहिले नागरिकता बनाउन पर्छ भन्ने कुराको आवश्यकता नरहेको कारण हालसम्म पनि अनागरिक भएकै कारण निजका बालबालिकाहरु जन्मदर्ता विहिन भएर अनागरिक भएर जीवनयापन गर्न बाध्य भएका छन् । वहाँहरुले कहिले पनि नागरिकता बनाउने प्रती चासो राखेन किनभने वहाँहरु दिनहु ज्याला मजदुरी गरेर छाक टार्ने र परिवारको भरणपोषण गर्ने मात्र काम रहेको कारण नागरिकताको आवश्यकता नै महसुस गरेनन् । जसको असर निजका छोराहरु हाल जन्मदर्ता विहिन भएकै कारण माथी निजहरुले राज्यबाट पाउने कुनै किसिमका सेवा सुबिधाबाट बन्चित हुन बाध्य भएका छन् ।
यसै गरी हाम्रो अर्को घटना को रुपमा ५० वर्षीय इन्दल सदा र ४५ बर्षिय जयपती सदा नेपाली नागरिक हुदाँ पनि वहाँहरुको सासु–ससुरा नागरिकता नबनाएको कारण तिनीहरु नागरिकता बनाएन । हाल तिनीहरुको चार जना छोराछोरी रहेका छन । १३ वर्षीय बबी सदा, ११ वर्षीय राजकुमार सदा, १० वर्षीय कजली सदा र ८ वर्षीय बब्लु सदा हाल चारै जना दाजुभाई बहिनी जन्मदर्ता बिहिनरहेका छन । जस मध्ये राजकुमार अपांग पनि रहेका छन । राजकुमारको लागि वडा बाट सिफारिश लिएर अपांग कार्ड बनाउन नगरपालिकामा समेत गएका थिए तर जन्मदर्ता नभएकै कारण त्यस बाट बन्चित हुन् परेका थिए । निजका आमाबुवा पटक पटक जिल्ला प्रशासन कार्यालय महोत्तरीमा जादाँ पनि इन्दलका आमाबुवाको नागरिकता नभएकै कारण नागरिकता पाउन सकेन यता इन्दलले आफ्नो बच्चाहरुको जन्मदर्ता बनाउन वडा कार्यालयमा जादाँ वडा सचिव भन्नु हुन्छ आमाबुवाको नागरिकता, बिबाहदर्ता र खोप कार्ड भए मात्र बच्चाहरुको जन्मदर्ता बनाइ दिने भनेका छन ।
इन्दलका बच्चाहरु नजिकको बिधालयमा पदन पनि गए तर जन्मदर्ता न हुदाँ निजका छोराछोरीहरुको मात्र पदने बाताबरण सृजना भएको थियो । एडमिसन नहुदाँ अन्य बिधार्थीहरुलाई पोशाक, पाठ्यपुस्तक, छात्रवृत्ति जस्ता सेवा सुबिधा पाउथे तर इन्दलका छोराछोरीहरु जन्मदर्ता नभएकै कारण ति बाट बन्चित भएका छन । अहिले इन्दलका सम्पूर्ण बच्चाहरु अनाथ जस्तो जीवनयापन गर्न बाध्य रहेका छन । नत्र पढन पाएका छन्, न त नागरिकता बनाउन सकिन्छ न त एउटा सिम कार्ड पाउन सकिन्छ ।
महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं–९ बस्ने ३५ वर्षीय कृष्णा सदा र वहाँको ३२ वर्षीय गिरिजा सदा पनि अनागरिक रहेका छन । निजका आमाबुवाले नागरिकताको महत्व नदिदाँ कृष्ण र गिरिजा अनागरिक छन । अहिले कृष्ण सदाका तिन ओटा बच्चाहरु रहेका छन,८ वर्षीय ऋषी सदा, ६ वर्षीय रिति सदा र ४ वर्षीय रोहण सदा ति सबै बच्चाहरु अहिले जन्मदर्ताबिहिन रहेका छन कारण तिनीहरुको आमाबुवा अनागरिक रहेकोले पावर र पहुच वाला व्यक्तिहरु सहज नागरिकता र जन्मदर्ता बनाउने गरेका छन् तर दलित समुदायका हामिहरु भएकै कारण नागरिकता र छोराछोरी जन्मदर्ता बनाउन सकेका छैन भन्ने गुनासो गरेका छन । हाल निजका बच्चाहरुको पढने इच्छा भएतापनि जन्मदर्ता न भएकै कारण पढन पाएका छैन । यो त् शुरुवाती समस्या मात्र हो यस्ता समस्या रहे पछी नागरिकता पाउन पनि समस्या हुन्छ अहिले हाम्रो समुदायका अन्य बच्चाहरु सामाजिक सुरक्षा भत्ता अन्तर्गत पोषण भत्ता पाएका छन् भने हाम्रो तिनै जना बच्चाहरु ति सुबिधा पाएका छैन ।
महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा नं–३ बस्ने १८ वर्षीय इन्द्रेश सदा, १५ वर्षीय निकेश सदा र १२ वर्षीय नितेश सदा जन्मदर्ताबिहिन रहेका छन् । तिनीहरुको आमाबुवा नेपाली भएतापनि नागरिकता नबनाई मृत्यु भएको थियो हाल तिनीहरु चाचाचाची कहाँ बस्दै आएका छन् । चाचाचाची सित बंशज नागरिकता रहेको हुदाँ पनि इन्द्रेश, निकेश र नितेशलाई जन्मदर्ता बनाउन चाहेको छैन किनभने तिनीहरु अंश लिन खोज्नेछ भनेर त्यही भएर तिनीहरु अहिले सहयोगको लागि हारगुहार गरि रहेका छन । पने उमेरका बच्चाहरु अहिले मजदुरी गरेर छाकतार्ने गरेका छन् ।
मधेशी समुदायका नागरिक सच्चा धर्ती पुत्र रहेको इतिहास छ । तिनीहरु पुस्तागत नेपालमा बसेको हुदाँ पनि नेपाली नागरिकता पाएका छैन । हाल नेपाली नागरिकता नपाएका मध्ये सब भन्दा बढी दलित समुदायका व्यक्तिहरु रहेका छन् ।
माथीका यि घटनाहरु प्रतिनिधीमूलक समस्या मात्र रहेको छ यस्ता समस्या मधेश प्रदेशको अधिकांस जिल्लाहरुमा रहेको छ ।