भैरहवा- रुपन्देही प्रहरी ले भारत वाट नेपाल तर्फ अवैध रुपमा भंसार छलि चोरी पैठारी गरि ल्याउँदै गर्दा रोहीणि गाउँपालिका र मायादेवी गाउँपालिका वाट विभिन्न किसिम का समान सहित सवारी साधन नियन्त्रण मा लिएको छ। नियनत्रण लिई बरामद गरिएको सम्पुर्ण समान हरु को अनुमानित मुल्य ४० लाख ९ हजार ६ सय ९० रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।

ईलाका प्रहरी कार्यालय धकधई, रुपन्देही वाट खटिएको प्रहरी टोली ले साउन २५ गते रोहिणि गाउँपालिका वडा नं.३ सेमरहवा चोक वाट नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नं.८ का संगित कुमार खरबिन ले चलाएको लु.१.च ५८३१ नं को पिकअप मा अवैध रुपमा भारत वाट नेपाल तर्फ समान हरु लिएर आउँदै गर्दा नियन्त्रण मा लिएको हो। नियन्त्रण मा लिइएको समान हरु मा राखि माला १ बोरा, जेन्स गेम कट्टु ८३६ थान, लेमिनेसन पेपर १२ पेटी र क्लिप १ बोरा रहेको र सम्पुर्ण समान को मुल्य पिकअप गाडी सहित अनुमानित १२ लाख ६२ हजार २ सय रहेको जनाइएको छ।




त्यसतै ईलाका प्रहरी कार्यालय वेथरी, रुपन्देही वाट खटिएको प्रहरी टोली ले साउन २६ गते मायादेवी गाउँपालिका वडा नं ६ वेथरी वाट भारत वाट नेपाल भंसार छलि अवैध रुपमा लिएर आउँदै गर्दा स्याङ्जा पुतली बजार नगरपालिका वडा नं १३ का लाल वहादुर वि.क लाई ट्रक सहित नियन्त्रण मा लिएको छ।निज वि.क ले चलाएको ट्रक ना.३.ख ४४१३ वाट थान कपडा १५१४ मिटर, साडी ४७४ थान,सुट ५०८ थान, व्लाउज ५५ थान,लेङगा ५ थान,पेटिकोट ६ थान, सल २७ थान,लुङी १२ थान, जेन्स कट्टु ८५ थान, सेण्डो भेष्ट ८० थान , सुती साडी ९२ थान र टप्स ४६ थान अवैध समान नियन्त्रण मा लिइएको हो । बरामद गरिएको सम्पुर्ण समान र ट्रक गरि अनुमानित मुल्य २७ लाख ४७ हजार ४ सय ९० रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
बरामद गरिएको सम्पुर्ण समान, सवारी साधन र मानिस हरु समेत लाई आवस्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता श्यामु अर्याल ले जानकारी गराए ।




