महोत्तरी- मनरा सिस्वा नगरपालिकाका बहुमत वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले पालिकाले निकालेको विज्ञापन रद्द गर्ने सहित तीन बुँदे माग राखी मेयरलाई ज्ञापन पत्र बुझाएको छ।
मेयर मोहन पाण्डेलाई बुझाइएको ज्ञापन पत्रमा सरुवा भइसकेको प्रमुख प्रशासकीय अधिकृतलाई हस्ताक्षर गराएर साउन २६ गते निकालिएको विज्ञापन अविलम्ब रद्द गर्नु पर्ने , सरुवा भइसकेको प्रमुख प्रशासकीय अधिकृत अहिले सम्म यहि कामकाज गरिरहेको हुँदा निजको यथाशिघ्र रवाना दिनु पर्ने र असार ९ प्रस्तुत भएको निति तथा कार्यक्रमलाई पूर्णता दिनु पर्ने माग उल्लेख गरिएको छ।



मनरा सिस्वा नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष चन्द्र भुषण मउआर सहित बहुमत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु द्वारा बुझाइएको ज्ञापन पत्रमा तीन सुत्रिय माग यथाशीघ्र समाधान नभए अर्को साता देखि विभिन्न दलका नेता कार्यकर्ता तथा आम जनताको सहयोग लिएर नगरपालिका कार्यालयमा बन्द हडताल घेराउ लगायतका विरोधका कार्यक्रमहरु गर्ने चेतावनी समेत दिइएको छ।





