महोत्तरी – महोत्तरीमा बल प्रयोगको सिध्दान्त तथा हातहतियारको प्रयोग सम्बन्धी प्रहरीको पाँचदिने तालिम सम्पन्न भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच भएको कार्य सम्पादन सम्झौता अनुरुप आइतबारदेखि बिहीबारसम्म संचालन भएको ५ दिने आवासिय तालिम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



“बल प्रयोगको सिध्दान्त तथा हातहतियारको प्रयोग” बिषयक बिशेष अनुशिक्षण तालिममा जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार ३ जना, प्रहरी हवल्दार ५ जना,प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान २३ जना गरी ३५ जना प्रहरी कर्मचारीहरु तालिम दिइएको जनाइएको छ ।




