जनकपुरधाम । वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा प्रयोग गर्ने विषयमा महानगरका प्रमुख र उपप्रमुख पक्षका समर्थकबीच विवाद भएको छ । महानगरप्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलम पक्षका सथर्मक वीच विवाद हुँदा दिनभर महानगर तनावग्रस्त बनेको छ ।
महानगर प्रमुख राजेशमान सिंह बस्दै आएको कार्यकक्ष भन्दा माथि नयाँ कोठमा बनेपछि त्यसलाई प्रमुखको कार्यकक्ष बनाएको र पहिले बस्दै आएको कार्यकक्षलाई भने प्रमुख प्रशासकीय अधिकृतको लागि प्रयोग गर्ने र यसअघि प्रमुख प्रशासकीय अधिकृत बस्दै आएको कोठालाई भने पञ्जिकरण शाखा राख्ने योजनामा महागनर प्रमुख रहेका थिए । त्यही नजिकै उपप्रमुख इम्तियाज आलमको पनि कार्यकक्ष रहेकोले उपप्रमुखले भने आफूलाई कार्यकक्ष विस्तार गर्नुपर्ने अथवा सचिवालय राख्ने तयारी गरेपछि विवाद भएको हो ।



कार्यकक्षमा पंजीकरण शाखा राख्ने तयारी स्वरुप तीन दिन अगाडि सामान समेत सारिएको थियो । सामान सार्दै गरेको अवस्थामा उपप्रमुखको सचिवालयले त्यो कोठमा तल्चा लगाएपछि विवाद बढेको हो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले विवाद टुंगो लगाउन मंसिर २८ गते कार्यपालिकाको बैठक बोलाईएको जानकारी दिए । कार्यपालिका बैठकबाट नै विवादको समाधान गर्ने भट्टराईले बताए ।
महानगरको स्थित सामान्य रहेको प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए । गत स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए ।




