जनकपुर – विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।
प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सवमा बिदा दिइने उल्लेख भए अनुसार बिदा दिइएको हो ।मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई माता र प्रभुको आशीष मिलोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।



त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।





