महेन्द्रनगर – धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखा द्वारा आयोजित नगर स्तरीय माध्यमिक तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

श्री राष्ट्रिय माध्यमिक विद्यालय सखुवाबजार स्थित विद्यालयका प्रधानध्यापक संतोष कुमार यादवको अध्यक्षता र क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित प्रतियोगितामा गंगोत्री बोडिङ्ग स्कुल पुन्ह आजा माध्यमिक तह प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल भएको छ । क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत सामुदायिक तथा संस्थागत गरी १४ ओटा विद्यालयमा ज्ञानमन्दिर दोस्रो र दशर्निय बोडिङ्ग स्कुल तेस्रो स्थान ल्याउन सफल भएको आयोजकले जनकारी दिएका छन ।




कार्यक्रममा उपस्थित क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख यादव सहभागी सम्पुर्ण विद्यालय र विद्यार्थीलाई धन्यवाद दिँदै शिक्षा, यूवा तथा खेलकुद शाखाले अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ, निवन्ध प्रतियागिता लगायतको कार्यक्रम नियमित गर्दै गइरहेकोले प्रतियोगितामा सहभागीका लागी सम्पुर्ण विद्यालयलाई आग्रह गर्नुभएको थियो । प्रतियोगिताले विद्यार्थी भित्र रहेको कालालाई प्रदर्शन गर्ने ठाउँको रुपमा रहेको छ । प्रतियोगितामा हार जित प्रक्रिया मात्र हो यसबाट निराश नभई आउने दिनमा अझ मेहन्तका साथ सहभागी हुन विद्यार्थीहरुमा हौस्ला प्रदान गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा उस्थित विशिष्ठ अतिथी क्षिरेश्वरनाथ नगरपालिका शिक्षा शाखा प्रमुख दिपक खत्री, वडा नम्बर ६ का वडा अध्यक्ष विनोद गुप्ता अतिथीहरु शिक्षा समिति सदस्य सुजित कापरी, संपत महतो उपस्थित विद्यालयका प्रतिनिधिहरुलाई आ–आफनो विद्यालयमा नियमित अतरिक्त क्रियाकलापमा जोडदिन सुझाव दिएका थिए ।
कार्यक्रममा प्रथम हुने गंगौत्री बोडिङ्ग स्कुलका विद्यार्थीहरुलाई प्रमुख अतिथीबाट प्रमाणपत्र, मेडल र कप प्रदान गरिएको छ । प्रतियोगितामा सहयोगी भुमिका खेल्ने शिक्षा शाखाका कासिम राईन लगायत सम्पुर्ण सहभागीहरुलाई आयोजकले धन्यवाद दिएका छन । त्यस्तै माघ २१ गते देखि २४ गते सम्म क्षिरेश्वर मा.वि.को खेल मैदानमा प्रदेश स्तरिय महिला भलिवल प्रतियोगिता संचालन गर्ने कार्यक्रम तय भएको छ ।




