महोत्तरी । गरिब तथा कमजोर ‘बहादुर’ परिवारका सदस्य गरिबीसँग लडिरहेका छन् । नाम बहादुर भएपनि अरुको भर नपरी केही हुँदैन ।
हामी तपाईलाई तिनै कमजोर ‘बहादुर’ संग चिरपरिचित गराउन चाहन्छौं । ‘बहादुर’ संग पैसा छैन् । बहादुर र उनका परिवार गरिबीसंग जुधिहेका छन् । उनी हुन महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका ७३ बर्षीय बहादुर महतो । बहादुरको परिवारमा ६९ बर्षीय श्रीमति मनतोरीता देवी र एक मात्र छोरा ४४ बर्षीय दुःखी महतो छ ।



बहादुरको जीवनमा सकटै–संकटले घेरा हालेको छ । उनको श्रीमती मनतोरीया दमा पीडित छ भने छोरा जन्मजात अपाङ्ग आफै दृष्टिविहिन । उनको आखाँले पाँच बर्षसम्म सुर्यको उज्यालो देख्न पाएनन् । जीवन अध्याँरै—अध्यारोमा बित्यो । उनले भने, ‘आँखा नदेखपछि बाँचेको जस्तो नहुँदो रहेछ ।
सहयोगी मानहरुले एउटा आखाँ बनाइ दिएपछि हिडडुल गर्न पाएको छु ।’ जन्मजात रुपमा अपांङ्ग छोरा दुःखी बोल्न सक्दैनन् । मनतोरीयाले अहिले पति र छोराको जीवन धानेकी छिन् । कसैलाई दया लागेर दिएकोे सहयोगले मनतोरीया बहादुर र दुःखीको दैनिकी चलेको छ । मनतोरीयाले भनिन्, ‘ म र मेरो परिवार गाउँ भन्दा पर पशुपतिनगर र किसाननगरको सिमानामा पर्ने एलानी जग्गामा बस्दै आएको छु ।
घरमा ढोका पनि छैन राती कुकुर बिरालो जस्ता जीवजन्तु विना रोकटोक भित्रै पस्छन् । मनतोरीयाका अनुसार विहान उठ्दा कहिलेकाँही बिरालो, कुकुरसँगै सुतेको देखिन्छ । सर्प, विच्छीले ओछ्यानै आएर मार्छ कि भन्ने डर लाग्छ ।’ ‘गाउँका सबै एलाना जग्गा नापी भयो तर मेरोे जग्गा नापी भएन ।, लालपुर्जा पाउने आशा पनि सखाप भयो ।’ रुघा खोकीले ग्रस्त मनतोरीयालाई बोल्न पनि धौ–धौ हुन्छ । धेरै बर्ष पहिले मनतोरीयाले गाउँकै साहुसँग १३ हजार ऋण लिएकी थिइन् । तिर्न नसक्दा साहुले मनतोरीयाको ६ कठ्ठा खेतियोग्य जमिन लिए । त्यसपछि परिवार जग्गाविहिन भएको हो ।
उनले त्यसबेलाको कुरा सुनाए, ‘घर खर्च चलाउन बहादुरले महंगो व्याजमा ऋण लिएका थिए । केही बर्षपछि ऋण साँवा र ब्याज गरी ५० हजार पुग्यो । साहुलाई ५० हजार मध्ये २० हजार दिने भयो । तर, साहुले सबै रकम एक मुष्ठ मागे । लिन मानेन्न । पछि साहुले सवैजग्गा लिए ।’ परिवारलाई अलि अलि राहत भनेको राज्यबाट पाउने समाजिक सुरक्षा भत्ता हो । कहिलेकाही अरुले पनि अलि अलि सहयोग गर्छन ।
बहादुर परिवारका लागि पशुपतिनगरका युवा सुरेन्द्र कुमार महतो हाल मलेसियामा अर्थिक सहयोगका लागि अभियान नै चलाएका छन् । उनी भन्छन्, ‘ गरिबलाई सहयोग गरौं अभियानलाई सफल पारौं । हजुरहरुको साथ सहयोगे खाचो छ ।




