महोत्तरी- मनरा शिस्वा नगरपालिका वडा नं. १० मरुवाही जन्म भूमी हाल मधेश प्रदेशको राजधानी जनकपुरधामका नेपाल खेलकुद महासंघका सचिव सत्येन्द्र यादव र नेकपा (एमाले) मधेश प्रदेश समिति सदस्य पुष्पा यादवले छोरी समृद्धि अधिकारीको जन्मदिन असहालय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरी मनाएका छन् ।

समृद्धि अधिकारीको आज फाल्गुन १६ गते परेको दोस्रो जन्मदिनको अवसरमा सर्लाहीको मलंगवा स्थित नेपाल बाल संगठन, बाल मंदिर मलंगवामा रहेका १२ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् ।



यस अघि यस परिवारले पहिलो जन्मदिनको अवसरमा सदगुरु कविर बाल आश्रम जनकपुरधामका अनाथ बालबालिकाहरुलाई फलफूल वितरण र नगद आर्थिक सहयोग गरेर छोरीको जन्मदिन मनाएका थिए ।




