जनकपुरधाम। धनुषामा दुई जना छोराको हत्या गरी एक महिलाले आत्म’हत्या गरेकी छन् ।
शुक्रबार साँझ नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले छोराहरू ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।



दुवै नाबलक छोराको हत्यापछि घरमै रहेको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घटनाका बेला गुडियाका श्रीमान गुरुदेव साह कामको शिलशिलामा जनकपुर आएका थिए ।
उनका अनुसार साँझ घरमा वृद्ध सासु ससुरामात्रै थिए । ३ बजे अघि श्रीमानलाई गुडियाले फोन गरेको केहीबेरपछि गुडियाले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले बताएका छन् ।
डिएसपी बस्नेतका अनुसार प्रेम विवाह गरेका गुडियाको माइती पक्षले हालसम्म स्वीकार नगरेको अनुसन्धानको क्रममा भेटिएको छ । अनुसन्धानबाट श्रीमान श्रीमतीबिच कुनै प्रकारको विवाद नभएको पाइएको हो ।
तीनैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




