महोत्तरी – रौतहटको परोहामा रहेको एक मनी ट्रान्फसरमा लुटपाट भएको छ । परोहा नगरपालिका -९ खापचोकस्थित शिव मनी ट्रान्फसरमा लुटपाट भएको हो ।
शुक्रबार दिउँसो हतियारसहित मोटरसाइकलमा आएको तीन जनाको लुटेरा समूहले मनी ट्रान्फसरका कर्मचारीलाई धम्क्याउँदै लुटपाट गरेका हुन् ।साथै, लुटेराहरुले सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गरेका छन् । घाइते साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।



प्रहरीले लुटेराहरुलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरु मनिषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह छन्। उनीहरूमाथि थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।




