भैरहवा – रुपन्देही प्रहरी ले जिल्ला को विभिन्न ठाउँ वाट अवैध रुप मा भारत वाट नेपाल तर्फ ल्याउँदै गरेको र नेपाल वाट भारत तर्फ भंसार छलि अवैध रुप मा लैजाँदै गरेको विभिन्न सामान हरु बरामद गरेको छ ।बरामद गरिएको सामान हरु को अनुमानित मुल्य २७ लाख ५४ हजार ३ सय ७६ रुपैया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
इलाका प्रहरी कार्यालय मर्चवार वाट खटिएको प्रहरी टोली ले मर्चवारी गाउँपालिका वडा नं १ मा लु ३ च १७८७ नम्वर को टाटा पिकअप गाडी लाई शंका लागि चेकजाँच गर्ने क्रम मा विल भरपाई नभएको अवस्था मा १५५ कार्टुन टूथपेस्ट भेटिएकोले गाडी चालक कपिलबस्तु नगरपालिका वडा नं ३ का ४१ वर्षिय हनुमान यादव समेत लाई गाडी सहित नियन्त्रण मा लिईएको र बरामद गरिएको सामान हरु को अनुमानित मुल्य गाडी सहित १७ लाख ७५ हजार रहेको प्रहरी ले जनाएको छ ।




इलाका प्रहरी कार्यालय मझगवा , लुम्बिनी, प्रहरी चौकी मेउडीहवा,अस्थायी प्रहरी पोष्ट भलुही, प्रहरी विट गल्लामण्डी वाट खटिएको प्रहरी टोली ले विभिन्न स्थान हरु वाट ५० बोरा प्याज र तस्करी मा प्रयोग गरिएका लु १८ प ११७ र लु ७७ प ९४०८ नम्वर को मोटरसाईकल नियन्त्रण मा लिएको र बरामद गरिएको सामान हरुको अनुमानित मुल्य मोटरसाईकल सहित ३ लाख २८ हजारको रहेको जनाईएको छ।
त्यस्तै इलाका प्रहरी कार्यालय मर्चवार, बेलहिया,वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी दुर्गौलिया, गोनाहा वाट खटिएको प्रहरी टोली ले विभिन्न स्थान हरु वाट चिनी,प्याज लगायत ता विभिन्न सामान हरु सहित यु पी ५६ ए एस ५५३३ नम्वर को भारतिय मोटरसाईकल नियन्त्रण मा लिएको र मोटरसाईकल सहित सामान को मुल्य अनुमानित २ लाख ४५ हजार ७ सय ७६ रहेको रुपन्देही प्रहरी ले जानकारी गराएको छ ।
इलाका प्रहरी कार्यालय बेथरी, प्रहरी चौकी कालीदह वाट खटिएको प्रहरी टोली ले विभिन्न कपडा हरु र तस्करी मा प्रयोग गरिएका लु २३ प ८९१८ र यु पी ५३ वि के ८२६३ नम्वर को भारतिय मोटरसाईकल सहित अनुमानित मुल्य २ लाख २० हजार को बरामद गरेको छ । साथै प्रहरी चौकी दुबेथुमुवा , मर्यादपुर, कालिदह र चनौलीबगाह वाट खटिएको प्रहरी टोली ले ५८ हजार २ सय मुल्य वरावर को बोईलर कुखुरा र माछा बरामद गरेको छ।
नेपाल वाट भारत तर्फ लैजाँदै गरेको चुरोट, मदिरा गरि अनुमानित मुल्य १ लाख २६ हजार मुल्य वरावर को प्रहरी चौकी दुबेथुमुवा र मुडिला वाट खटिएको प्रहरी टोली ले बरामद गरेको रुपन्देही प्रहरी ले जनाएको छ ।
बरामद गरिएको सम्पुर्ण सामान र मोटरसाईकल र मानिस लाई थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, बेलहिया, राजस्व अनुसन्धान कार्यालय बुटवल र बोईलर कुखुरा लाई पशु क्वारेनाईन चेक पोष्ट बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।




