मटिहानी नगरपालिका स्थित एक इलेक्ट्रोनिक पसलमा आग लागि हुँदा लाखौ को क्षति भएको छ ।
मटिहानी नगरपालिका वड़ा नं. ९ स्थित कुशेश्वर चौधरीको इलेक्ट्रोनिक पसलमा आग लागि हुँदा करिब रु. ३ लाखको क्षति भएको छ ।

मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल,जिल्ला समन्वय समितिका अध्यक्ष सहितको टोली र वारुण यन्त्र, APF लगायत स्थानीयहरुको प्रयासले उक्त आगो नियन्त्रणमा लिएको हो ।




बुधवार मात्रै मटिहानी नगरपालिका ६ भगवती टोलमा लागि हुँदा १२५ घर जलेर धन मालको क्षति भएको छ ।






