महोत्तरी – नेपाल भारत मैत्री युवा संघ केन्द्रिय कार्यसमिति द्वारा मटिहानी वडा न -६ मा भएको भीषण आगलागी बाट प्रभावित भएका १०३ घर परिबार लाई खाना पकाउने भाडाकुडा सेट , त्रिपाल, चामल, दाल , नून सहितका राहत सामग्री बितरण गरिएको छ ।

नेपाल भारत मैत्री युबा संघका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेस का केन्द्रिय सह महामन्त्री महेन्द्र यादव लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा राहत वितरण कार्य गरिएको छ ।




त्यसैगरी जनकपुरधामको न्युरो हस्पिटल तथा रिसर्च सेन्टरले महोत्तरीको मटिहानीमा आगलागीबाट पीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ । न्युरो हस्पिटलको एक टिम बिहिबार मटिहानी नगरपालिका वडा नं. ६स्थित जरलहवा वस्तीका आगलागि वाट पीडित भएका परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

अस्पतालका संचालक डा. विजय राउतको नेतृत्वमा पुगेको टोलीले पीडितहरुलाई साडी, गम्छा, चामल, विस्कुट लगायतका राहत सामाग्री वितरण गरेकाे छ ।

जरहवा वस्तीका आगलागीबाट पीडित १ सय १० भन्दा बढी परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । पीडित परिवारलाई सो राहत सामाग्री मटिहानी नगरपालिका नगरप्रमुख हरिप्रसाद मण्डलले हस्तान्तरण गरेका छन् । उनले आफ्नो नगरको आगलागी पीडितलाई अस्पतालले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

अस्पतालका संचालक राउतले यो विपदको घडीमा सबैले पीडितका लागि सहयोगी हात आगाडी बढाउनु पर्छ भन्ने अभिप्रायले राहत सामाग्री वितरण गरेको बताए । उनले अन्य सहयोगी हातहरुलाई समेत आगलागीबाट पीडितहरुको सहयोगका लागि आग्रह गरे ।

राहत सामाग्री वितरणका लागि अस्पतालका संचालिका विभा राउत, चेयरमैन अजय राउत, सूचना अधिकारी संजय मण्डल लगायतका उपस्थितिमा राहत सामग्री वितरण गरिएका छन् ।
मटिहानी नगरपालिका वडा नं. ६ स्थित जरलहवा गाछीमा रहेको बस्तीमा डेढसय भन्दा बढी घर आगलागिवाट जलेर नष्ट भएका छन् ।




