जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज भनिएको विश्वासको मत लिने प्रकृया २८ जेठको लागि सारेको छ।
मुख्यमन्त्री यादवले आज बुधबार विश्वासको मत लिने तयारी गरेका थिए तर उनको अचानक स्वास्थ्यमा समस्या आएको हुँदा २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन् ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको बताए ।
एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ ।







