महोत्तरीको बर्दिवासमा हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखी २९ गतेसम्म आयोजना हुने शिव पुराण माहायज्ञमा रोटरी कलव बर्दिवासले ५१ हजार सहयोग गरेको छ ।
सडक मानव, बृद्व र असहायहरुको उद्धार, संरक्षणको लागि झन्डै ११ करोड लगानीमा निर्माण हुन् लागेको हाम्रो माया घरको आर्थिक संकलनार्थ आयोजना गरेको माहायज्ञमा पारम्भिक चरणमा सहयोग गर्ने रोटरी कलव दोश्रो संस्था वनेको छ ।
यसअघि बर्दिवास उधोग बाणिज्य संघ पनि ५१ हजार सहयोग गरेको थियो । मुल आयोजक समितिका संयोजक हिरा गौतमका अनुसार अनौपचारिकरुपमा अन्य धेरै संस्थाहरु सहयोग गर्न तत्पर रहेका छन ।
माहायज्ञ सकिदासम्म झण्डै २३ लाख खर्च हुने अनुमान गरिएको यो अभियानको अवधीमा खाना, आवास, अथिति व्यवस्थापन जस्ता विविध सहायक खर्चहरुमा पनि व्यक्ति तथा संस्थाहरुले सहयोग गरेका छन भने रोटरी कलवले समेत कलश यात्राको दिन सय कार्टुन पानी सहयोग गर्ने प्रतिवद्वता जनाएको सयोजक गौतमले जानकारी दिए ।
सहयोग कै क्रममा संघिय संसद लक्ष्मी महतो कोइरीले ११ हजार इट्टा र द पब्लिक टुडे पत्रिकाका अध्यक्ष रामनारायण महतोले ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने प्रतिवद्वता जनाएका छन ।
प्रसिद्ध पुराण वाचिका राधिका दासी मुख्य संरक्षक रहेको उक्त माया घर निर्माणार्थ नगर क्षेत्रका स्थानीयहरू उत्साहित देखिएका छन । अहिले माहायज्ञ सफल वनाउन विभिन्न विधामा १९ वटा उपसमिति वनाइएको छ ।
१ लाख भक्तजनहरु कथा श्रवन गर्न आउने अनुमान गरिएको माहायज्ञमा आवस्यक सम्पूर्ण व्यवस्थापन सकिएको मुल आयोजक समितिले जनाएको छ ।




