महोत्तरी – महोत्तरी जिल्लाको औरही नगरपालिका १ का क्रिकेट खेलाडीहरुलाई पोशाक वितरण गरिएको छ ।
औरही नगरपालिका २ औरहीमा रहेको सरस्वती सप्लायर्स संचालकले १५ जना खेलाडीहरुलाई क्रिकेट पोशाक वितरण गरेको हो ।यसअघि शिरीष न्युजले क्रिकेट खेलाडीलाई पोशाक अभाव भएको समाचार प्रकाशन गरेको थियो ।



समाचार प्रकाशनपछी ध्यानाकर्षण जनाएको सप्लायर्सले पोशाक वितरण गरेको संचालक नविन कुमार यादवले वताए ।
खेलाडीलाई जर्सी वितरण गर्दै यादवले भने ‘मेरो सानो सहयोगले आफ्नै स्थानीय युवा भाईहरुको खेल भावना र मनोवल बढ्नेमा विश्वस्त छु ।’









