हिमस्टार ब्राण्डका सामान खरिद गर्ने आफ्ना ग्राहकहरुको लागि लक्की ड्रको माध्यमवाट कम्पनीले विजेता घोषणा गरेसँगै बर्दिवासका ३ जनाले एसी प्राप्त गरेका छन् ।
हिमस्टारको आधिकारिक विक्रेता न्यू बर्दिवास इलोक्ट्रोनिक्सवाट खरिद गर्ने ३ जना विजेताले एसी प्राप्त गरेको प्रोपाइटर धिरज अधिकारीले वताए ।



यस ब्राण्डका विभिन्न सामान खरिद गरेवापत लक्की ड्रमा सहभागी भएका लक्ष्मी काफ्ले, खोमराज मगर र सिताराम अधिकारीले एसी प्राप्त गरेको अधिकारीको भनाई छ ।
६६ हजार बराबरको एसी प्राप्त गरेपछि विजेताहरुले खुसी व्यक्त गर्दै हिमस्टारप्रति थप विस्वास पलाएको वताए ।




