महोत्तरी। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई सरल तथा छिटोभन्दा छिटो जग्गाधनी प्रमाण पुर्जा(लालपुर्जा) वितरण गर्ने बताएकी छिन् ।महोत्तरीको बर्दिबासमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यसअघि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थित गर्न बनेको विभिन्न आयोगले गरेको कामहरूको सम्पुर्ण स्वामित्व लिने बताईन्।
उनले विभिन्न समयमा भूमि सम्बन्धी समस्या हल गर्न गठित आयोगको कामको स्वामित्व लिने र त्यसको आड थप वैज्ञानिक तवरले सरल तथा छिटोभन्दा छिटो जग्गाधनी प्रमाण पुर्जा(लालपुर्जा) सम्बन्धी काम गर्दै बताईन्। उनले मिति नै तोकेर जग्गाधनी प्रमाण पुर्जा(लालपुर्जा) वितरण हुने दिन तोक्न नसकिने भन्दै जनताको पक्षमा निर्णय हुने स्पष्ट पारिन्।
https://www.facebook.com/104607344773010/videos/951468982245873
मन्त्री श्रेष्ठले अहिले गठबन्धनको सरकार छ, दोहोरो चरित्र हुनुहुँदैन । सरकारबाट बाहिरिएपछि चरित्र फेर्नु र कामलाई अल्झाउने गरी सस्तो लोकप्रियताको लागि हचुवामा घोषण गर्न नहुने बताईन्।उनले भनिन् , “जनता भनेको न्याय मूर्ति हो । हिजो चुनावी घोषणा गरेको कुराहरू पूरा गर्नुपर्छ”।बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुर कुमार कार्कीले बर्दिबास नगर क्षेत्रमा नाप जाँचको काम सम्पन्न भइसकेको र तथ्याङ्कहरू प्रविष्टि गर्ने कार्य अन्तिम चरणमा रहेको बताए।
उनले नापी कार्य अन्तर्गत ९ हजार ४ सय ५९ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन भएको बताए।उनले बर्दिबासमा सम्पुर्ण काम अन्तिम चरणमा रहेको छ, प्रक्रिया पूरा गरेकोहरुको लागि छिटो लालपुर्जा वितरण गर्न मन्त्री श्रेष्ठसँग आग्रह समेत गरे।
नगरप्रमुख कार्कीले अवैधानिक तरिकाले २०५६ मा बनेको आयोगले वितरण गरेको लालपुर्जा खारेज गर्नुपर्ने बताए।वर्षौँदेखि एक किसान त्यो जमिनमा जोतिरहेको छ, अर्को जमिन नै नदेख्नेहरूलाई त्यस बखत आयोगले रकमको चलखेलमा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको भन्दै उनले त्यस्तो लालपुर्जा खारेज गर्नुपर्ने बताए ।कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, प्रदेश २ का प्रदेशसभा सदस्य शारदादेवी थापा र नापी विभागका महानिर्देशकहरूको उपस्थिति रहेको थियो ।
https://youtu.be/W2YdihLNGvQ




