महोत्तरी - सञ्चारिका समुह नेपाल मधेश प्रदेश नवगठित समिति विवादित बनेको छ । महोत्तारीको बर्दिवासमा मंगलबार आयोजित दोश्रो अधिवेशनबाट गठन भएको मधेश प्रदेश कमिटिमा सक्रिय मधेशि पत्रकार महिलालाई पाखा लगाए एकलौटी कमिटि गठन गरेको असन्तुष्ट पत्रकाहररुले आरोप लगाएका छन् । सञ्चारिका समुहले बिधान बिपरित मधेश प्रदेश कार्यसमिति गठन गरेको छ । क्रियाशिल पत्रकारलाई सदस्यता नदिएको, अधिवेशनमा सहभागि प्रतिनिधि छानौट नगरेको, आफना आसेपासेलाई प्रतिनिधि बनाई कार्यसमिति बनाएको हो ।
सञ्चारिक समुहको केन्द्री कमिटिले हस्तक्षेप गरी एकलौटी तानाशाहि प्रवृति देखाएको सदस्यहरुले आरोप लगाएका छन् । सञ्चारिका समुह नेपाल मधेश प्रदेश समितिका अध्यक्ष हेम कुमारी बराल सुनितालाई दोश्रो पटक अध्यक्ष बनाउन केन्द्रले हस्तक्षेप गरेको कार्यसमितिकै पदाधिकारीहरुले आरोप लगाए । क्रियाशिल मधेशी पत्रकार महिलालाई उपेक्षा गरी प्रेस सेन्टरमा आबद्ध भएकाहरुलाई मात्र अधिवेशमा बोलाएको, कार्यक्रममा सहभागि हुन आएका अध्यक्षको दाबेदार मधेशी पत्रकार महिलाहरुलाई अध्यक्ष बरालले अपमान गरेको, कार्यक्रममा सम्प्रदायिक रुपले नै विभेद गरेको अधिवेशनमा सहभागि हुन आएका सञ्चारकर्मीहरुले बताए ।
मंगलबार बर्दिबासको गुञ्जा होटलमा सञ्चारिका समुह नेपाल मधेश प्रदेश समितिको अधिवेशन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उदघाटन गरेका थिए । अधिवेश उदघाटन भएपनि सञ्चारिका समुह नेपाल मधेश प्रदेश समितिका सदस्यहरुको नाम नै सार्वजनिक गरी अधिवेशन गरिएको हो । सञ्चारिका समूहको विधान पुरानो रहेको र विधान उपलब्ध नभएको मधेश प्रदेशमा अधिवेश गराउन खटिएकी सञ्चारिका समुहकी केन्द्रिय प्रतिनिधि सलोजा दाहालले बताइन । महिला पत्रकारहरुको साझा संस्था संचारिका समूहले महिलाहरुको पत्रकारिताको व्यावसायिक क्षमता विकासको लागि काम गर्दै आएको छ ।




