सुजाता राई
मोरङ । खोटाङ सामागजिक सेवा मञ्च, विराटनगरको नियमित साहित्यिक कार्यक्रम भाषा, साहित्य, कला उन्नयन उपसमितिका संयोजक बाबुराम पोखरेलको अध्यक्षतामा मञ्चको निजि सभा हलमा नियमित रचनावाचन गरेर कार्यक्रम सम्पन्न गरेका छन्न।

विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा अग्रज स्रष्टाहरू बलराम पोखरेल र गायत्रीप्रसाद चापागाईं, प्रा.डा.हरिहर भण्डारी, सङ्गम अभियान साहित्यिक पत्रिकाका प्रधान सम्पादक रामबाबु दाहाल, मैथिली कवि शिवनारायण सिङ्गल, लेखक तथा अनुसन्धाता केशु विरही, नेपाली लेखक सङ्घ कोसी प्रदेश अध्यक्ष गोकुलप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।



कार्यक्रममा २०५३ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट पुरस्कृत कवि गोकुल अधिकारीको विशेष कवितावाचन रहेको थियो । उनले कार्यक्रममा पुरस्कार पाउँदाको अनुभूतिसमेत व्यक्त गरेका थिए ।
कार्यक्रममा शम्भु भट्टराई, प्रेमप्रसाद रिजाल, गोविन्द ढुङ्गाना, पुष्पा सायरा, डोमी कामत, लोचनप्रसाद सङ्ग्रौला, चन्द्रकान्त भट्टराई, दिङ्ग्लाली कान्छो, हरिप्रसाद बराल, गोपालप्रसाद भट्टराई, नवराज पोखरेल ‘नवशिला’, लक्ष्मी पोखरेल, सबिना श्रेष्ठ, अञ्जु अश्रु, शैलेन्द्र घिमिरे, मञ्जु घिमिरे दाहाल, नानुमैया दाहाल, निर्मला कोइराला, उमेश लुइटेल, प्रिन्स प्रमोद ढकाल, जेबी खत्री, जेनिस खत्री, प्रयाग न्यौपानेलगायतका दुई दर्जनभन्दा बढी लेखक तथा स्रष्टाहरूले रचनावाचन गरेका थिए ।

स्वागत मन्तव्य कवि रोहिणी रसिकले गरे भने कार्यक्रम सञ्चालन लक्ष्मी रायमाझीले गरेकी थिइन।
संस्थाले विगत चार वर्षदेखि हरेक महिनाको पहिलो शनिवार नियमित रूपमा साहित्यिक कार्यक्रम गर्दै आएको छ ।




