महोत्तरी – महोत्तरीमा समाचार संलग्नको क्रममा पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहार घटनामा संलग्नहरुलाई कारवाही गर्न जोडदार माग गरिएको छ ।
बुधवार नेपाल पत्रकार महासंघ महोत्तरी शाखा र नेपाल पत्रकार महासंघ प्रादेशिक कार्य समिति मधेश प्रदेशले छुट्टाछुट्टै प्रेश विज्ञपीत जारी गर्दै घटनाको छानविन गरि दोषि उपर कारवाही गर्न माग गरेका छन् ।



नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राम नारायण महतोद्वारा हस्ताक्षरित विज्ञप्तमा एचटिपि खबरका सञ्चालक तथा पत्रकार दिवाकर साहमाथी २०८२ असार २३ गते सोमवार राती पत्रकार साह जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयमा अनुचित गतिविधि भईरहेको जानकारी पश्चात समाचार संकलन गरिरहेको समयमा केही व्यक्तिहरुले दुव्र्यवहार गरेको घटनाले सम्मानपूर्वक बाँच्न पाउने नागरिकको मौलिक हक समेतको कुण्ठित गरिएको उल्लेख गरिएको जारी विज्ञप्तीमा समाचार संकलनको क्रममा पत्रकारलाई अवरोध गर्नु र धम्क्याउन प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति घोर भत्र्सना गरिएको छ । जुनसुकै बहानामा गरिएको यस्ता हर्कत दण्डहीनताको पराकाष्ठा हो ।
पत्रकार साहमाथि भएको दुव्र्यवहार घटनामा संलग्नहरुलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन र घटना सम्बन्धमा निष्पक्ष छानबिन समिति गठन गरि कानूनी कारवाही गर्न सरोकारवाला पक्षसँग महासंघ माग गर्दछ उल्लेख छ ।यस्तै प्रादेशिक कार्य समिति, मधेश प्रदेशका महासचिव शैेलेन्द महतो क्रान्तिद्वारा जारी विज्ञप्तीमा पत्रकार साहमाथि महोत्तरीको पूर्वाधार विकास कार्यालयमा भएको दुर्व्यवहार घटनाप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मिति २०८२ असार २३ गते राति अनुचित गतिविधि भइरहेको जानकारी पश्चात पत्रकार साह पूर्वाधार कार्यालयमा पुगेर समाचार संकलन गरिरहेको बेला उपस्थित केही व्यक्तिहरूले दुर्व्यवहार गरेको घटना भिडियोमा स्पष्ट देखिएको छ।
समाचार संकलनको क्रममा पत्रकारलाई यसरी अवरोध गर्न खोज्नु र धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप हो। यस घटनाको महासंघ मधेश प्रदेश समिति घोरभर्त्सना गर्दै पत्रकार साहमाथि दुर्व्यवहार घटनामा संलग्नहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग हाम्रो जोडदार माग छ। प्रेस स्वतन्त्रता गतिविधि महासंघलाई पूर्णतः अस्वीकार्य रहेको जनाइएको छ।






