सुजाता राई
इटहरी । अमर स्रष्टा, गायक तथा सङ्गीतकर्मी एलपी जोशी र अरुण थापाको सम्झनामा इटहरीमा स्मृति कार्यक्रम सVम्पन्न भएको छ । सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा संस्थाको आफ्नै सभा हलमा कार्यक्रमको आयोजना गरेर स्मृति कार्यक्रम सम्पन्न गरेको हो ।



सामाजिक मन्त्रालयका सचिव हेमराज तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा वरिष्ठ सङ्गीतकार बुलु, कवि मनु मन्जिल, सङ्गीत साधना प्रतिष्ठानका पूर्व अध्यक्ष मणि गुरुङ, इटहरी नगरपालिका २, ६ र ९ नं वडाका अध्यक्षहरू क्रमशः माधव कोइराला, दिवश पोखरेल, श्रीनारायण चौधरी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको
कार्यक्रममा भूमा अधिकारी, सत्यनारायण चौधरी, टेनिसा परियार, मनिस सुनुवार, नितेन मुक्तान, अङ्कुर भट्टराई, प्रितम आचार्य, रिजन डाँगीलगायतका कलाकारको प्रस्तुति रहेको थियो । साथै कार्यक्रममा ६ न वडाका अध्यक्ष दिवश पोखरेल, १९ का अध्यक्ष श्रीनारायण चौधरीको पनि साङ्गीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा भरत बर्बरिक, केशु विरही, जे.बी. थुलुङ, सुविद गुरागाईं, पुरन याक्खा, रोहिणी रसिक, प्रिन्स प्रमोद ढकाल, नवराज पोखरेल नवशिला, लक्ष्मी स्मृति, खेमचन्द्र अधिकारी, केपी घिमिरेलगायतका स्रष्टा तथा कलाकारहरूको बाक्लो सहभागिता भयो।
कार्यक्रममा ‘उकाली ज्यानको’, ‘भुलु भुलु लाग्यो’, ‘साँझको जूनसँगै’, ‘चोट के हो बेथा केहो’, ‘ऋतुहरूमा तिमी’, ‘जति माया लाए पनि’ जस्ता गीतहरू प्रस्तुत गरिएका थिए ।
सङ्गीत साधना प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव राजु केसीले गरे।
२०५० सालमा स्थापना भएको यो संस्था गीतसङ्गीतका लागि एउटा अभिभावक संस्थाका रूपमा चिनिने गर्छ । इटहरी –२, सुनसरीमा कार्यालय रहेको यस संस्थाको आफ्नै भवन रहेको छ । विशेष गरेर नयाँ पुस्ता जन्माउने काममा सक्रिय यस संस्थाले समय समयमा गीतसङ्गीतका महत्त्वपूर्ण कार्यक्रमहरू गर्दै आएको संस्थाका सचिव केसीले जानकारी दिए।




