सप्तरी – सप्तरी प्रहरीले बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका– ५ पातोस्थित महादेबा टोलको नहरी, धानखेत र बाँसघारी क्षेत्रमा बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणमा गाँजा बरामद गरेको हो ।



भारततर्फ तस्करी गर्ने तयारीमा राखिएको अवस्थामा ३९६ किलो गाँजा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय पातोका अनुसार बरामद गरिएको १७ वटा बण्डलमा रहेको ३९६ किलो गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा जिम्मा दिइएको छ ।




