शर्मिला घिमिरे
चाडपर्वले आपसी सद्भाव भाइचारा तथा एकता कायम गर्न ठूलो भूमिका खेलेको हुन्छ।यस्ता चाडपर्वले धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै सशस्त्र प्रहरीहरूको मनोबलमा समेत वृद्धि गरेको हुन्छ।
हरितालिका तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल को दुई नम्बर छिन्नमस्त बाहिनी मुख्यालयले गरेको कार्यक्रमको अवसरमा बोल्दै महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले भन्नुभयो ।
बाहिनी परिसरमा रहेका नम्बर ३९ रिजर्भ गणकमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सञ्चालित उक्त कार्यक्रममा बोल्दै उहाँले सामाजिक तथा सांस्कृतिक महत्व बोकेको चाड मध्य हरितालिका तीज एक महत्वपूर्ण पर्व हो। यसलाई मर्यादित र विकृति मुक्त बनाउँदै अगाडि बढ्नु पर्छ।यसो गर्न सके सांस्कृतिक संरक्षण गर्न सकिन्छ। भन्नुभयो ।
सशस्त्र प्रहरीमा कार्यरत महिला कर्मचारीहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए !
कार्यक्रममा नम्बर ३९ रिजर्भ गण हे. क्वाका गणपति सशस्त्र प्रहरी उपरीक्षक रवि केसी बाहिनी तथा गणका कार्यरत कर्मचारीहरू लगायत कर्मचारी परिवार समेतको उपस्थिति रहेको थियो ।








