धनुषा । जनकपुरधाममा आयोजित साता व्यापी विवाह पञ्चमी महोत्सवको दोस्रोदिन आज फुलवारी लिला सम्पन्न भएको छ।
विवाहपञ्चमी महोत्सव अन्तर्गत शुक्रवार दोस्रो दिन फूलवारी लिला विधि गरिएको छ।

जानकी मन्दिरको छेउमै रहेको विवाह मण्डपमा एक समारोहकाबीच फूलवारी लिला कार्यक्रम गरिएको छ।
राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लिला कार्यक्रम भनिन्छ। सीता र रामको पहिलो भेट यही भएको हो ।

रामायणको अनुसार त्रेतायुगमा भगवान् राम र लक्ष्मण जनकपुरधाम आएपश्चात् फूलबारीमा घुम्न जाँदा साथीसंगीसँग फूल टिप्न आएकी सीतासँग पहिलो भेट भएको थियो।

सोही दिनको सम्झानास्वरुप विवाह पञ्चमी महोत्सवको दोस्रो दिन फूलबारीमा राम लक्ष्मण र सीताको प्रतिकात्मक रुपधारण गरेका बालबालिकाहरूलाई पुलवारिमा घुमाउँदै राम र सीताको भेटघाट गराउने गरिन्छ। यसलाई फूलबारी लीला भनिन्छ।
त्रेतायुगमा मंसीर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा यहाँ विवाह पञ्चमी महोत्वस मनाउने गरिन्छ।

फूलबारी लीलामा फूलबारीमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडी बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमफिर गराइएको हो।
फूलबारी लिला हेर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको भिडभाड थियो। अब शनिवार धनुष यज्ञ, आइतवार तीलकोत्सव, सोमवार मटकोर, मंगलवार स्वयमबर तथा शुभ विवाह र बुधवार रामकलेवा गरी साता व्यापी विवाह पञ्चमी महोत्सवको कार्यक्रमलाई समापन गरिन्छ।




