काठमाडौं । भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनबाट पदाधिकारी सर्वसम्मत गर्ने प्रयास भएको छ । सभापतिमा गगन थापाको एकल उम्मेदवारी परेको छ । यस्तै दुई पद रहेको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।
बाँकी १० जना पदाधिकारीमा सर्वसम्मतिको प्रयास भइरहेको नेताहरूले बताएका छन् ।



मतदान विद्युतीय मेसिनबाट गर्ने तयारी भइरहेको छ । आजै नयाँ कार्यसमिति चयन गरी निर्वाचन आयोग पुग्ने तयारी भएको गगननिकट नेताहरूले बताएका छन् । निर्वाचन आयोगमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति तथा विधान अद्यावधिकका लागि आजै निवेदन दिने तयारी भएको हो ।




