सुजाता राई
मोरङ/सुन्दरहरैचा सौन्दर्य कला व्यवसायी संघ नेपाल मोरङ अन्तर्गत सुन्दरहरैचा नगर समितिको गठन पाश्ना गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ।
सम्पन्न भेलाबाट ११ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि सौन्दर्य कला व्यवसायी संघ नेपाल केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठको उपस्थिति थियो भने कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाली कम्युनिस्ट पार्टी (कोशी प्रदेश) संयोजक सदस्य दिपा अधिकारी यसैगरी नेकपा एमाले सुन्दरहरैचा नगर कमिटी सदस्य तथा वडा प्रतिनिधि सारदा विका सौन्दर्य कला व्यवसायी संघ नेपाल सुनसरी जिल्ला उपाध्यक्ष सिर्जना राई तथा नेपाली कांग्रेस सदस्य तथा जनप्रतिनिधि मिनी श्रेष्ठ सहभागी भएका थिए ।



कार्यक्रम उत्कृष्ट वातावरणमा सम्पन्न भएको मन्तव्य राख्दै केन्द्रीय उपाध्यक्ष श्रेष्ठले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सौन्दर्य कला व्यवसायीहरूको हक–हित, सीप विकास र संगठन विस्तारमा नयाँ समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेकी थिइन।
अन्त्यमा नवगठित नगर समितिलाई कार्यकाल सफलताको हार्दिक शुभकामना व्यक्त गरिएको थियो।




