सुजाता राई
विराटनगर। रंगहरूको उत्सव होलीको पावन अवसरमा स्वर संगम संगीतालयद्वारा विशेष सांगीतिक कार्यक्रम सोमबार सोही भवनमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि विराट साहित्य संगमका सचिव गोपाल निर्भीकको अतिथ्यतामा विशिष्ट अतिथि चन्द्रमणी गुरागाईं र डोमि कामतको सहभागिता रहेको थियो।
अतिथिहरु अमृता आचार्य (पाठक), मनमोहन, प्रतिमा पौडेल,प्रविधि श्रेष्ठ, मनोज कुमार मिश्र,गुन्जन अट्ल,रश्मि हमल,रोजी झा, अक्षत झा भगवान झा,श्याम कृष्ण बाँस्कोटा लगायतका उपस्थित थिए। कार्यक्रममा संगीतालयकै कलाकारहरूको प्रस्तुतिले होली पर्वलाई थप उल्लासमय बनाएको आयोजकले जनाएको छ।
रंग, संगीत र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
उक्त कार्यक्रम कुशेश्वर राईको अध्यक्षतामा कार्यक्रम सञ्चालन महिमा शर्माले गरेकी थिइन् ।







