महोत्तरी – नेपाली कांग्रेसका नेता तथा महोत्तरी निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेन्द्र कुमार रायले मतदान गर्नुभएको छ ।
उहाँले महोत्तरीको औरही नगरपालिका–४ स्थित श्री विष्णु दशैँ प्रा.वि. श्रीपुर काबिलाश मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।



मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै रायले लोकतान्त्रिक प्रक्रियामा सबै मतदाताले उत्साहपूर्वक सहभागी हुनुपर्ने बताउनुभयो ।
उहाँले शान्तिपूर्ण र निष्पक्ष रूपमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।




