प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा प्रहरीले मधेस प्रदेशका चार जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि रानायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदानको दिनसम्ममा १५ जिल्लाका ३७ जनालाई पक्राउ गरिएको हो ।



प्रहरीले उनीहरुलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको थियो ।प्रहरीले सप्तरी, धनुषा, रौतहट र बाराबाट एकरएक जनालाई पक्राउ गरेको हो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत उम्मेदवार गत माघ ६ गते भएको थियो भने फागुन २१ मा मतदान सम्पन्न भएको थियो ।प्रवक्ता प्रहरी नायव महानिरीक्षक काफ्लेका अनुसार यस अवधिमा देशभरमा काठमाडौँमा सबैभन्दा बढी मानिस पक्राउ परेका छन् ।काठमाडौँमा सामाजिक सञ्जालमा भ्रम फैलाउने १६ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
यस्तै, बाँकेका ४ जना, दाङका ३ जना, चितवनका २ जना, सल्याणका २ जनालाई पक्राउ गरिएको छ ।
यस्तै, भक्तपुर, सुनसरी, मकवानपुर, कास्की, रुपन्देही र अछामका एकरएक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रवक्ता काफ्लेले बताए ।




